3 years ago
January 30, 2023
एजेन्सी – अन्तिम समयमा सम्हालिन नसक्दा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा बराबरीमा रोकिएको छ ।

१० खेलाडीमा समेटिएको पिएसजीले अग्रता जोगाउन नसक्दा रेइम्ससँग १–१ गोलको बराबरी खेल्दै अंक बाड्न बाध्य बनेको हो । घरेलु मैदान पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलमा घरेलु टोलीका लाजि नेयमारले गोल गर्दा रेइम्सका फोलारिन बालोगनले बराबरी गोल फर्काए ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिदा दुवै गोल दोस्रो हाफमा भएको थियो । ५१औं मिनेटमा नेयमारले गोल गर्दै पिएसजीलाई १–० को अग्रता दिलाए । उनले जुआन बर्नाटको पासमा गोल गर्न सफल भएका थिए ।
एक गोलले अग्रता लिएको पिएसजी ५९औं मिनेटमा १० खेलाडीमा समेटिन पुग्यो । दोस्रो हाफको शुरुमै भिटिन्हाको स्थानमा मैदान छिरेका मार्काे भेराट्टी सिँधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

त्यसपछि आफ्नो धैर्यता गुमाएको पिएसजीले अन्तिम समयमा गोल खाँदै २ अंक गुमाउन बाध्य बन्यो । इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा फोलारिन बालोगनले गोल गर्दै रेइम्सलाई हारबाट जोगाए ।
यस बराबरीसँगै शीर्षस्थानमा यथावत रहेको पिएसजीको २० खेलबाट ४८ अंक छ । पिएसजी दोस्रो स्थानको लेन्सभन्दा ३ अंकले अघि छ । रेइम्स २६ अंक जोडेर ११औं स्थानमा छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]