3 years ago
January 31, 2023
एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब लिड्स युनाइटेडले इटालियन क्लब युभेन्ट्सका अमेरिकी मिडफिल्डर वेस्टन म्याकेनीलाई लोनमा अनुबन्धित गरेको छ ।

लिड्सले अमेरिकी मिडफिल्डर म्याकेनीलाई सिजनको अन्त्यसम्मको लागि लोनमा अनुबन्ध गरेको हो । २४ वर्षीया वेस्टनलाई लिड्सले जनवरी ट्रान्सफरको अन्तिम समयतिर क्लबमा आबद्ध गरेको हो । लिड्सले सिजनको अन्त्यपछि स्थायी खेलाडी बनाउन पाउने पनि सम्झौता छ ।
म्याकेनीले यो सिजन युभेन्ट्सका लागि २१ खेलमा ३ गोल गरेका छन् । जनवरी ट्रान्सफरमा म्याकेनी लिड्समा अनुबन्ध हुने तेस्रो खेलाडी हो । यसअघि लिड्सले म्याक्स वोबर र जर्जिनियो रुटरलाई अनुबन्ध गरिसकेको छ ।
म्याकेनीलाई अनुबन्ध गर्न प्रिमियर लिगका शीर्ष टोलीले पनि चासो देखाएका थिए । तर उनले लिड्स रोजेका हुन् । उनका अमेरिकी सहयात्री टेलर एडम्स र ब्रेन्डन आरोन्सनले प्रिमियर लिग खेल्छन् ।
अब म्याकेनीले नटिङहम फरेस्टसँग आगामी आइतवार प्रिमियर लिग खेलबाट लिड्सबाट डेब्यु गर्नेछन् । म्याकेनीले अमेरिकाबाट ४१ क्याप जित्दा ९ गोल गरेका छन् । कतार विश्वकप २०२२ मा अमेरिका प्रि–क्वाटरफाइनलमा पुग्दा उनले सबै चार खेलमा सुरुवात गरेका थिए ।
म्याकेनी सन् २०२० मा जर्मन क्लब साल्केबाट लोनमा जुभेन्ट्समा सामेल भएका थिए । त्यसको एक सिजनपछि उनी युभेन्ट्समा स्थायी खेलाडी बनेका थिए । उनले युभेन्ट्सबाट ६५ खेल खेल्दा ८ गोल गरेका छन् ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]