3 years ago
February 1, 2023
एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनलले इटालीका मिडफिल्डर जर्गिन्होलाई लोनमा अनुबन्ध गरेको छ ।

आर्सनलले जर्गिन्होलाई १२ मिलियन पाउण्डमा प्रिमियर लिग प्रतिद्धन्द्धी चेल्सीबाट यो सिजनको अन्त्यसम्मको लागि लोनमा अनुबन्धन गरेको हो । सन् २०१४ मा इटालियन क्लब नेपोलीबाट चेल्सीमा आबद्ध भएका ३१ वर्षीय जर्गिन्होको चेल्सीसँगको सम्झौता यो सिजनको अन्त्यसम्म मात्रै छ ।
उनले अब अर्को एक वर्षको विकल्पको साथ १८ महिनाको सम्झौतामा हस्ताक्षर गर्नु अघि मेडिकल गर्नेछन् । मोइसेस क्यासेडोका लागि प्रयास गरेको आर्सनलले ब्राइटनबाट स्वीकृति नपाएपछि आर्सनलले जर्गिन्होलाई आबद्ध गरेको हो ।
जोर्गिन्हो जनवरी विन्डोमा आर्सनलको तेस्रो अनुबन्ध हो । यसअघि क्लबले पोल्याण्डका डिफेन्डर जाकुब किभियरलाई स्पेजियाबाट २० मिलियन युरो र बेल्जियमका स्ट्राइकर लिआन्ड्रो ट्रोसार्डलाई ब्राइटनबाट २१ मिलियन पाउण्डमा अनुबन्ध गरिसकेको छ ।
प्रशिक्षक मिकेल अर्टेटाको आर्सननले प्रिमियर लिगमा ५ अंकको स्पष्ट अग्रता कायम गरेको छ । चेल्सीका लागि २१३ खेलमा २९ गोल गरेका जोर्गिन्होले क्लबमा रहँदा च्याम्पियन्स लिग, युरोपा लिग, युइएफए सुपर कप र फिफा क्लब विश्वकप जितेका छन् ।
ब्राजिलमा जन्मिएका जर्गिन्हो १५ वर्षको उमेरमा इटालीमा सरेपछि त्यहीबाट उनले त्यहीबाट खेल्ने निर्णय गरेका थिए ।
इटालीका लागि ४६ क्याप जितेका उनी जुलाई २०२१ मा वेम्बलीमा भएको युरो २०२० मा इंग्ल्यान्डलाई हराएर उपाधि जित्दा उनी टोलीका सदस्य थिए ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]