3 years ago
February 1, 2023
एजेन्सी – प्रिमियर लिग क्लब न्यूक्यासल युनाइटेड ४७ वर्षपछि इएफएल अर्थात कारवाओ कपको फाइनलमा प्रवेश गरेको छ ।

प्रिमियर लिग प्रतिद्धन्द्धी साउथह्याम्टनलाई २–१ ले तथा समग्रमा ३–१ ले पराजित गर्दै न्यूक्यासल सन् १९७६ पछि फाइनलमा पुग्न सफल भएको हो । कुनै पनि प्रतियोगितामा भने न्यूक्यासल २४ वर्षपछि फाइनलमा पुगेको हो । त्यसबेला न्यूक्यासल फाइनलमा म्यानचेस्टर युनाइटेडसँग २–१ ले पराजित भएको थियो ।
न्यूक्यासल सन् १९९९ को एफए कपको फाइनलमा प्रवेश गरेको थियो । वेम्वलीमा भएको फाइनलमा न्यूक्यासल म्यानचेस्टर युनाइटेडसँग नै नै २–० ले पराजित हुँदै उपाधिविमुख बनेको थियो । त्यसयता न्यूक्यासल फाइनल पुग्न सकेको थिएन ।
सेन्ट जेम्स पार्क न्यूक्यासलमा मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा १० खेलाडीमा समेटिएको न्यूक्यासलको जितमा सेन लङस्टाफले दुई गोल गरे । साउथह्याम्टनका चे एडाम्सले एक गोल फर्काए ।
एडी होवेको पुनरुत्थान टोलीले अब म्यानचेस्टर युनाइटेड वा नटिङहम फरेस्टसँग वेम्बलीमा उपाधिको लागि खेल्नेछ । न्यूक्यासल १९६९ को इन्टर सिटीज फेयर कप पछि आफ्नो पहिलो प्रमुख ट्रफी जित्ने प्रयासमा हुनेछ ।
सन् १९९९ को एफए कपको फाइनलमा न्यूक्यासल युनाइटेड वेम्वलीमै म्यानचेस्टर युनाइटेडसँग पराजित हुँदै उपाधिविमुख बनेको थियो ।
लङस्टाफले खेलको चौथो मिनेटमा नै काइरन ट्रिपिएरको पासमा गोलरक्षक गेभिन बाजुनुलाई बिट गर्दै गोल गर्न सफल भएका थिए । २१औं मिनेटमा लङस्टाफले अर्काे गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । उनले मिगुइल अल्मिरोनको पासमा गोल गर्न सफल भएका थिए ।
२९औं मिनेटमा चे एडाम्सले गोल गर्दै साउथह्याम्टनलाई खेलमा फर्कने संकेत दिए । ८२औं मिनेटमा न्यूक्यासल १० खेलाडीमा समेटिन पुग्यो ।
तर, त्यसको फाइदा साउथह्याम्टनले उठाउन सकेन । ब्रुनो गुइमारेस भिएआरको सहायतामा सिधैं रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । त्यसपछि दुवै टोलीबाट गोल निस्कन नसक्दा खेल न्यूक्यासलले आफ्नो पक्षमा पार्न सफल भयो ।
इएफएल अर्थात कारवाओ कपको अर्काे सेमिफाइनलमा आज (बुधबार) राति म्यानचेस्टर युनाइटेड र नटिङहम फरेस्टले खेल्दैछ । पहिलो लेगमा म्यानचेस्टर युनाइटेडले ३–० विजयी भएको छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]