3 years ago
February 1, 2023
एजेन्सी – साविक विजेता इन्टर मिलान कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । सिरी ‘ए’ प्रतिद्धन्द्धी एटलान्टालाई १–० ले पराजित गर्दै इन्टरले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

घरेलु मैदानमा इन्टरको जितमा दोस्रो हाफमा माटियो डारमिएनले गरेको गोल नै निर्णायक बन्यो । उनले ५७औं मिनेटमा लोउटारो मार्टिनेजको पासमा गोल गर्न सफल भएका थिए ।
मिलानोमा मंगलबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही प्रयास गरेपनि थप गोल निस्कन नसक्दा माटियो डारमिएनको गोल नै निर्णायक बन्यो ।
अब इन्टरले सेमिफाइनलमा युभेन्ट्स र लाजियोबीचको विजेतासँग खेल्नेछ । गत सिजन इन्टरले युभेन्ट्सलाई नै हराएर उपाधि जितेको थियो ।
लाजियो र युभेन्ट्सबीचको खेल बिहीबार राति हुनेछ । अर्काे क्वाटरफाइनलमा फियोरेन्टिना र टोरिनो तथा रोमा र क्रेमोनेनेसबीच प्रतिस्पर्धा हुँदैछ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]