3 years ago
February 1, 2023
लमजुङ (हाम्रो खेलकुद) – पुर्वी लमजुङको राइनास नगरपालिका वडा नम्वर ६ धमिलिकुवास्थित गौलीटार क्षेत्रीय खेल मैदानमा दोस्रो राइनास कप खुल्ला फुटबल प्रतियोगिता फागुन दोस्रो साता आयोजना हुने भएको छ ।

आयोजक गौलीटार क्षेत्रीय खेलमैदान समितीले पत्रकार सम्मेलन गरी दोस्रो संस्करणको राइनास कप फागुन १० गतेबाट हुने जानकारी गराएको छ । समितिका अध्यक्ष किरण श्रेष्ठले यसपाली कम्तीमा १६ टिमको सहभागिता रहेने बताएका छन् । गतवर्ष १२ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
यसपाली पुरस्कार राशिमा बृद्धि भएको छ । यसपल्टको विजेताले २ लाख रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र पाउनेछन् । उपविजेताले १ लाख रुपैयाँ, कप र मेडल प्रदान गरिनेछ ।
सेमिफाइनलमा पराजित हुने दुई टिमलाई समान २० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई समान ५ हजार रुपैयाँ तथा हरेक खेलको म्यान अफ दि म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिनेछ । पहिलो संस्करणमा चक्रतीर्थ युवा क्लब सातविसे लमजुङ पहिलो भएको थियो ।

यसवर्षको प्रतियोगिता सञ्चालनका लागि १५ लाख ४५ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । प्रथम राइनास कपमा ८ लाख विनियोजन गरेको राइनास नगरपालिकाले यसवर्ष पनि प्रतियोगिताको लागि ८ लाख रुपैया दिने निर्णय गरिसकेको जानकारी गराउदै अध्यक्ष श्रेष्ठले फुटबल प्रतियोगितालाई राइनासकै मेलाको रुपमा अघि बढाउने बताए ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]