3 years ago
February 1, 2023
एजेन्सी – प्रिमियर लिग क्लब चेल्सीले अर्जेन्टिनी मिडफिल्डर एन्जो फर्नान्डेजलाई लिगकै कीर्तिमानी रकम खर्चेर अनुबन्ध गरेको छ ।

चेल्सीले पोर्चुगिज क्लब बेन्फिकालाई १ सय ७ मिलियन पाउण्ड तिरेर एन्जोलाई अनुबन्ध गरेको हो । प्रिमियर लिगमा खेलाडी अनुबन्ध गर्न खेलाडीलाई खर्च गरिएको यो सर्वाधिक रकम हो । यसअघि म्यानचेस्टर सिटीले एस्टन भिल्लाबाट ज्याक ग्रिलिसलाई १ सय मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो ।
त्यस्तै एन्जो अर्जेन्टिनाका सर्वाधिक महँगा खेलाडी पनि बनेका छन् । यसअघि फरवार्ड गोन्जालो हिगुआइनलाई युभेन्टसले ९० मिलियन युरोमा अनुबन्ध गएको थियो । त्यसअघि म्यानचेस्टर युनाइटेडले रियल म्याड्रिडबाट ७५ मिलिय्ब युरो खर्चेर एन्जल डी मारियालाई भित्र्याएको थियो ।
२२ वर्षीय मिडफिल्डरले चेल्सीमा साढे ८ वर्षका लागि सम्झौता गरेका छन् । यसै सिजनको सुरुवातमा बेन्फिकाले १० मिलियन पाउण्ड खर्चेर एन्जोलाई अनुबन्ध गरेको थियो । त्यसबेलाको सम्झौता अनुसार एन्जोको पूर्व क्लब रिभर प्लेटले ट्रान्सफरको २५ प्रतिशत रकम पाउनेछ ।

कतारमा सम्पन्न फिफा विश्वकप २०२२ मा उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेपछि उनको चर्चा चुलिएको थियो । अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन एन्जोले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले मेक्सिकोविरुद्ध २-० को जितमा गोल समेत गरेका थिए ।
चेल्सीले यसपटक विन्टर ट्रान्सफर विन्डोमा खुलेर खर्च गरेको छ । एटलेटिको म्याड्रिडबाट जोआओ फेलिक्सलाई लोनमा ल्याएको चेल्सीले नोनी मादुएके, मिखालो मुड्रीक, डेविड फोफाना, आन्द्रे सान्तोस, बेनोइत बादशिएल र मालो गुस्टोलाई स्थायी अनुबन्धन गरेको हो ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]