3 years ago
February 1, 2023
काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेका दुई खेलाडीसहित ३ खेलाडी अन्तर्राष्ट्रिय उसु महासंघको २०२२ आईडब्लूयूएफ एथलिट अफ द एयरको विभिन्न विधाको मनोनयमा परेका छन् । १३ औं सागका स्वर्ण पदक विजेता दीपक हमाल, जुनी राई र एलिस मारिक अलग अलग विधाको मनोनयमा परेका हुन् ।

तीन वर्ष अघि स्वदेशमा आयोजना भएको १३ औं सागमा स्वर्ण जितेका दीपक उसुको थाउलो एथलिट अफ द एयरको मनोनयमा परेका हुन् । न्यूजिल्यान्ड, इजिप्ट, चिनलगायतका १० खेलाडी सो विधाको मनोनयमा परेका छन् ।
त्यस्तै १३ औं सागकी स्वर्ण पदक विजेता जुनी उसुको सान्डातर्फ एथलिट अफ द एयरको मनोनयमा परेकी हुन् । जुनीसहित भारत, चीन, फ्रान्स र हङकङका खेलाडी सो विधामा मनोनयमा परेका छन् ।
गत डिसेम्बरमा इन्डोनेसियामा जुनियर च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका एलिस उसुको थाउलोतर्फ राइजिङ स्टार अफ द एयरको मनोयनमा परेको आइडब्लूयूएफको वेभसाइडमा उल्लेख गरिएको छ । एलिससँगै सो विधामा न्यूजिल्यान्ड, चीन, इटाली, फ्रान्स र दक्षिण कोरियाका खेलाडी मनोनयमा परेका छन् ।
उसुको अन्तर्राष्ट्रिय महासंघको उत्कृष्ट खेलाडीको मनोनयनमा पर्नु गौरवको विषय भएको कर्णाली प्रदेश सुर्खेतका दीपकले बताए । ‘नेपालमा पनि उसु खेलिन्छ भन्ने सन्देश दिन यो मनोनयनले मद्दत पुगेको छ’, उनले भने, ‘देशलाई चिनाउनका लागि आफू पनि त्यसको एउटा हिस्सा हुन पाउँदा खुसी लाग्छ । यसले अझै राम्रो गर्न प्रेरणा मिलेको छ ।’
जुनी नेपाल पुलिस क्लब र एलिस प्रदेश १ बाट राष्ट्रिय प्रतियोगिता खेल्नेछन् । आईडब्लूयूएफको वेबसाइटमा गएर फेब्रुअरी १८ सम्म उनीहरुलाई भोट गर्न सकिन्छ । मत दिन यहाँ थिच्नुहोस
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]