3 years ago
February 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका दुई खेलाडी कप्तान तथा किरण चेम्जोङ र फरवार्ड अन्जन विष्ट आई (भारतीय) लिगमा एकअर्काविरुद्ध उत्रेको खेल बराबरीमा टुंगिएको छ ।

किरण सम्मलित राउन्ड ग्लास पब्जाब र अन्जन केन्क्रेबीच बुधबार सम्पन्न खेल ३–३ को बराबरीमा टुंगिएको थियो । झण्डै दुई साता अघि भारत गएका अन्जनको त्यो दोस्रो खेल थियो । किरण सुरुवातबाटै राउन्डग्लासको टोलीमा छन् ।
अन्जनले पनि सुरुवात गरेको खेलमा केन्क्रेले दुई पटकको अग्रतालाई पनि जोगाउन सकेन । रन्जित पान्द्रेको गोलबाट तेस्रो मिनेटमै अग्रता लिएको केन्क्रेका लागि अमन गाइवाडले पाँचौं मिनेटमा गोल गरेका थिए । किरणले पोष्ट सम्हालेको त्यो खेलमा एक मिनेटको फरकमा दुई गोल गर्दै राउन्ड ग्लास खेलमा फर्केको थियो ।
छेन्चो ग्याल्तसेनले २६ औं र नाचा सिंहले २७ औं मिनेटमा गोल फर्काएपछि खेल २–० को बराबरी भएको थियो । लुका माजकिनले ३९ औं मिनेटमा गोल गर्दै राउन्ड ग्लासलाई अग्रता दिलाएका थिए । तर, त्यो अग्रता पनि लामो समय टिकेन । ४० औं मिनेटमा रञ्जितले गोल गरेपछि खेल पहिलो हाफमै ३–३ को बराबरी भएको थियो ।
केन्क्रेले अन्तिम ३७ मिनेट १० खेलाडीमा समिति भएर खेलेको थियो । ५३ औं मिनेटमा सुरजजित सिंह नेगीले रातो कार्डको सामना गर्दै मैदान छाडेका थिए । अन्जनलाई ७५ औं मिनेटमा परिवर्तन गरिएको थियो ।
किरणको टोली ३० अंकसहित शीर्षस्थानमा छ । १४ खेलमा टोलीले ९ जित ३ बराबरी र २ खेलमा हार बेहोरेको छ । १४ अंकका साथ कन्क्रे १२ क्लब सम्मलित आई लिगको ११ औंस्थानमा छ । टोलीले १५ खेलमा ३ जित, ५ बराबरी र ७ खेलमा हार बेहोरेको छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]