3 years ago
February 2, 2023
एजेन्सी – ब्राजिली विंगर राफिन्हा र पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको गोलमा स्पेनिस ला लिगाकाे शीर्षस्थानमा रहेकाे क्याटलान क्लब बार्सिलोनाले जित निकालेको छ ।

शीर्षस्थानमा रहेको बार्सिलोनाले १० खेलाडीमा समेटिएको घरेलु टोली रियल बेटिसमाथि २–१ को जित निकालेको हो । रियल बेटिसले उपहार गोल पाएको थियो ।
स्टेडियो बेनिटो भिल्लामार सेभिल्लामा बुधबार राति भएको खेलमा पाहुना टोली बार्सिलोनाले बल पोसेसन राख्दै घरेलु टोली रियल बेटिसलाई लगातार दवावमा राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो ।
१०औं मिनेटमा फरवार्ड बोर्जा इग्लिसिएस चुक्दा रियल बेटिस अग्रताबाट चुक्यो । १८औं मिनेटमा पेड्रीको प्रहारलाई बेटिसका गोलरक्षक रुई सिल्भाले बचाए । ४८औं मिनेटमा गोलरक्षक सिल्भाले पेड्रीको प्रहारलाई पुनः विफल पारे ।

६५औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए । उनले एलेक्स बाल्डेको पासमा गोल गर्न सफल भएका थिए । ८०औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको अग्रत दोब्बर पारे । उनले रोनाल्ड एराउजोको पासमा गोल गर्न सफल भएका थिए ।
८५औं मिनेटमा जुल्स कुन्डेले आत्मघाती गोल गरेपछि खेल २–१ को स्थितिमा पुग्यो । त्यसपछि इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा घरेलु टोली १० खेलाडीमा समेटिन पुग्यो । विलियम कार्भाल्हो सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए ।
यस जितसँगै बार्सिलोनाले शीर्षस्थानमा ८ अंकको अग्रता बनाएको छ । बार्सिलोनाको १९ खेलबाट ५० अंक पुगेको छ । एक खेल कम खेलेको रियलको ४२ अंक छ । पराजित बेटिस ३१ अंब जोडेर छैटौं स्थानमा छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]