default_image

3 years ago

February 2, 2023

एमबाप्पेले चाेट बाेकेकाे खेलमा पिएसजीकाे जित

199 views

0 Bookmark

एजेन्सी – स्टार फरवार्ड केलियन एमबाप्पेले चोट बोकेको खेलमा फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले मोन्टपेलिएरलाई पराजित गरेको छ ।

पिएसजीले घरेलु टोलीमाथि ३–१ को जित निकाल्दै आफ्नो शीर्षतालाई थप मजवुत बनाएको हो । पिएसजीको जितमा फावियन रुइज, लियोनेल मेस्सी र वारेन जाइरी एमेरीले गोल गरे । मोन्टपोलिएरका एर्नाअड नोर्दिनले एक गोल फर्काए ।

मोन्टपेलिएरमा बुधबार राति भएको खेलको नवौं मिनेटमा पाहुना टोली पिएसजीले पेनाल्टी पाएपनि सदुपयोग गर्न सकेन ।केलियन एमबाप्पेले सुरुवाती पेनाल्टी चुकाए । पुनः प्रदान गरिएको पेनाल्टीमा पनि एमबाप्पेले गोल गर्न सकेन ।

२१औं मिनेटमा एमबाप्पेले चोट बोक्दै मैदान छाड्नुपरेको थियो । उनको स्थान ह्युगो इटिकेले लिएका थिए । ३५औं मिनेटमा पिएसजीका किकिले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा पिएसजी अग्रता लिनबाट चुक्यो ।

५२औं मिनेटमा पिएसजीले अर्काे गोलले मान्यता पाएन । अचरफ हाकिमीले गोल गरेपनि उनी भिएआरमा अफसाइड ठहरिए । ५५औं मिनेटमा फावियन रुइजले गोल गर्दै पिएसजीलाई १–० को अग्रता दिलाए । उनले ह्युगो इटिकेको पासलाई सदुपयोग गरे ।

७२औं मिनेटमा फावियन रुइजको पासमा मेस्सीले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । ८९औं मिनेटमा एर्नाअड नोर्दिनले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । उनले स्टेफी माभिडिडिको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा परिवर्तित खेलाडी वारेन जाइरी एमेरीले अचरफ हाकिमीको पासमा गोल गर्दै पिएसजीलाई सहज जित दिलाए ।

यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको २१ खेलबाट ५१ अंक पुगेको छ । पिएसजीले दोस्रो स्थानको मार्सेलाई ५ अंकले पछि पारेको छ । पराजित मोन्टपेलिएर २० अंक जोडेर १४औं स्थानमा छ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.