3 years ago
February 2, 2023
एजेन्सी – क्रेमोनेससँग हार बेहोर्दै एएस रोमा कोपा इटालियाको क्वाटरफाइनलबाटै बाहिरिएको छ । रोमा घरेलु मैदानमा क्रेमोनेससँग २–१ ले पराजित हुँदै अन्तिम आठबाटै बाहिरिएको हो ।

स्टेडियो ओलम्पिको रोमामा बुधबार राति भएको खेलमा क्रेमोनेसको जितमा सेरिएल डेसर्सले गोल गर्दा एक गोल उपहार पाएको थियो । रोमाका एन्ड्रिया बेलोट्टीले एक गोल फर्काए ।
खेलको २८औं मिनेटमा सेरिएल डेसर्सको पेनाल्टी गोलबाट क्रेमोनेसले सुरुवाती अग्रता लिएको थियो । गोलरक्षक रुई प्याट्रिसियोले खराव फउल गरेपछि प्राप्त पेनाल्टीमा डेसर्स चुकेनन् ।
४९औं मिनेटमा मेमेट जेकी सेलिकले आत्मघाती गोल गरेपछि रोमा खेलमा २–० ले पछि पर्यो । त्यसपछि इन्ज्युरी समयको तप गरिएको चौथो मिनेटमा एन्ड्रिया बेलोट्टीले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएपनि टोलीलाई अघिल्लो चरण पु¥याउन पर्याप्त भएन । अब क्रेमोनेसले सेमिफाइनलमा फियोरेन्टिनासँग खेल्नेछ ।
अर्काे क्वाटरफाइनलमा फियोरेन्टिनाले टोरिनोलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।फियोरेन्टिनाको जितमा लुका जोभिक र जोनाथनले गोल गरे । टोरिनोका यान कारामोहले एक गोल फर्काए ।
अब अर्काे क्वाटरफाइनलमा युभेन्ट्स र लाजियोबीच आज राति प्रतिस्पर्धा हुँदैछ । त्यसपछि कोपा इटालियाको सेमिफाएनल समिकरण पूरा हुनेछ । यसअघि इन्टर मिलानले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]