3 years ago
February 2, 2023
एजेन्सी – इंग्लिस क्लब नटिङहम फरेस्टले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का गोलरक्षक केलर नाभासलाई क्लबमा अनुबन्ध गरेको छ ।

नटिङहमले नाभासलाई यो सिजनको अन्त्यसम्मका लागि लोनमा अनुबन्ध गरेको हो । यसै सिजन प्रिमियर लिगमा बढुवा भएको नटिङहम लिगमा टिक्न संघर्ष गरिरहेको छ । नटिङहम २० खेलबाट २१ अंक जोडेर १३औं स्थानमा छ ।
टोली रेलिगेसन जोनबाट मात्रै चार अंकमाथि छ । नाभासले साढे तीन वर्षको अवधिमा पीएसजीलाई दुई लिग उपाधिसँगै पाँचवटा घरेलु लिग जिताउन भुमिका निभाएका छन् ।
स्पेनिस क्लब रियल म्याड्रिडका पुर्व गोलरक्षक नाभासले रियलबाट तीनपटक च्याम्पियन्स लिग जितेका छन् । २०१६–२०१७ को सिजनसम्म रियलमा रहेका नाभासले ला लिगा, स्पेनिस सुपर कप र चार क्लब विश्वकपको उपाधि जितेका छन् ।
सन् २०१९ मा पिएसजीमा अनुबन्ध भएका उनी त्यसबेला टोलीको पहिलो रोजाईका गोलरक्षक थिए । तर, २०२१ मा पिएसजीले इटालीका जियानलुइजी डोनररुम्मालाई अनुबन्ध गरेपछि उनी दोस्रो रोजाईमा रहेका छन् । उनेल त्यसबेला नै पिएसजीमा ३ वर्षको सम्झौता नविकरण गरेका थिए ।
नटिङहमले न्यूक्यासल युनाइटेडका मिडफिल्डर जोन्जो सेल्भी र एट्लेटिको मड्रिडका डिफेन्डर फेलिपेलाई पनि अनुबन्ध गरिसकेको छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]