3 years ago
February 2, 2023
एजेन्सी – विश्व उपविजेता फ्रान्स तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका सेन्टरब्याक राफयल भारानले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

घरेलु र अन्तर्राष्ट्रिय फुटबलको व्यस्त तालिकाले असर पारेको र परिवारसँग बढीभन्दा बढी समय बिताउने भन्दै २९ वर्षीय भरनाले अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिने निर्णय गरेका हुन् । २९ वर्षीय भरानले विश्वकै उत्कृष्टमध्येका डिफेन्डरमा गनिन्छन् ।
‘एक दशकसम्म देशको प्रतिनिधित्व गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो ।’ सन्यासको घोषणा गर्दै भरानले भने, ‘हरेकपल्ट मैले यो धेरै विशेष निलो जर्सी लगाएको छु, मैले धेरै गर्व महसुस गरेको छु । मैले धेरै महिनादेखि यसबारे सोचिरहेको थिए । र यो मेरो लागि अन्तर्राष्ट्रिय रूपमा सन्यास लिने सही समय हो भनेर निर्णय गरेको छु ।’ ‘म यसलाई कहिल्यै बिर्सने छैन । म अझै पनि त्यो दिन, १५ जुलाई २०१८ लाई बिर्सन सकिदैन । मेरो जीवनको सबैभन्दा अचम्मको र अविस्मरणीय क्षणहरू मध्ये एक थियो ।’ भरानले भने ।
लोरिसको सन्याससँगै फ्रान्स फुटबल फेडेरेसनले भारानेलाई कप्तानी दिने तयारी गरेको थियो । भरानले पनि सन्यास लिएपछि फ्रान्सले अर्काे विकल्प खोज्नेछ । अगस्ट २०२१ मा स्पेनिस क्लब रियल म्याड्रिडबाट युनाइटेडका लागि अनुबन्धित भएका भरान विश्वकपपछि सन्यास लिने फ्रान्सका दोस्रो खेलाडी हुन् ।
जनवरीमा, टोटेनहमका गोलरक्षक तथा कप्तान ह्युगो लोरिसले विश्वकप सकिएको तीन सातापछि सन्यास लिएका थिए । फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्पसले विश्वकपसम्म राष्ट्रिय टोलीसँग गर्न सक्ने सबै कुरालाई ध्यानमा राख्दै उनको निर्णयको सम्मान गर्ने बताएका छन् ।
सन् २०१८ को विश्वकप जितेका भरानले सन् २०१३ मा डेब्यु गरेपछि आफ्नो देशका लागि ९३ खेलमा ५ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]