default_image

3 years ago

February 3, 2023

बेन्जेमा चम्कँदा रियल म्याड्रिडको जित

270 views

0 Bookmark

एजेन्सी – कप्तान करिम बेन्जेमाको उच्च प्रदर्शन प्रेरित खेलमा शीर्ष दौडमा रहेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा भ्यालेन्सियामाथि सहज जित हात पारेको छ ।

रियलले घरेलु मैदानमा भ्यालेन्सियालाई २–० ले पराजित गर्दै शीर्षस्थानमा रहेको बार्सिलोनासँगको अंक दुरी छोट्याएको छ ।घरेलु मैदान सान्टियागो बर्नबेउमा रियलको जितमा मार्काे एसेन्सियो र भिनिसियस जुनियरले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो ।

पाहुना टोली भ्यालेन्सियालाई खेलको सुरुवातदेखि नै दवावमा राखेको रियलले गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।१९औं मिनेटमा कप्तान करिम बेन्जेमाको पासमा मार्काे एसेन्सियोको प्रहारलाई गाब्रिएल पौलिस्टाले ब्लक गर्दै रियलको अग्रता टारे । २३औं मिनेटमा बेन्जेमा चुके ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा एन्टेनियो रुडिगरले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । रुडिगरले लुका मोड्रिचको कर्नरमा बेन्जेमाबाट आएको पासलाई हेडरमार्फत सदुपयोग गरेका थिए । तर, भिएआरमा बेन्जेमाले पास दिने क्रममा युनुस मुसाहलाई फउल गरेको देखिएको थियो ।

दोस्रो हाफमा भने रियल रोकिएन । ५२औं मिनेटमा मार्काे एसेन्सियोले सानदार गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । भिनिसियस जुनियरले दिएको लो क्रसलाई नियन्त्रणमा लिदै बेन्जेमाले दिएको पासलाई एसेन्सियोले पेनाल्टी बक्सबाहिरबाट गरेको सशक्त प्रहार दोस्रो बार च्याप्दै गोलमा परिणत हुँदा भ्योलन्सियाका गोलरक्षकले रोक्ने कुनै भेउ नै पाएन ।

त्यसको दुई मिनेटपछि भिनिसियसले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । कप्तान बेन्जेमाकै पासमा भिनियसले मैदानको मध्यभागबाट बल अघि बढाउँदै क्लोज रेन्जबाट गोलरक्षकलाई बिट गर्दै गोल गर्न सफल भएका थिए ।

७२औं मिनेटमा भ्यालेन्सिया १० खेलाडीमा समेटिन पुग्यो । भिनिसियस जुनियरमाथि फउल गरेपछि रेफ्रीले गाब्रिएल पौलिस्टालाई सिधैं रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए । भिनिसियसमाथि अनावश्यक फउल गरेपछि दुई टोलीबीच केही समय झगडा भएको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा रियल विजयी हुन सफल भयो ।

यस जितसँगै रियलले शीर्षस्थानमा बार्सिलोनासँगको अंक दुरी ५ मा छोट्याएको छ । दोस्रो स्थानमा रहेको रियलको १९ खेलबाट ४५ अंक पुगेको छ । समान खेलबाटै बार्सिलोनाको ५० अंक छ । पराजित भ्यालेन्सिया २० अंक जोडेर १४औं स्थानमा छ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.