3 years ago
February 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू–२० महिला च्याम्पियनसिप आज (शुक्रबार) देखि बंगलादेशको ढाकामा शुरु हुँदैछ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले आयोजक बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ । बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुआतको योजनामा हुनेछ । आज नै भारत र भुटानबीच दिउँसाे २:४५ बजे हुनेछ ।
टोलीका कप्तान प्रिती राईले साफ यू २० महिला च्याम्पियनसिपमा सफल नतिजाका लागि आफूहरुले निकै मेहनत गर्नुपर्ने बताएकी छिन् । ‘हाम्रो तयारी ठिकै छ । आयोजक बंगलादेशलाई घरेलु मैदानमा फाइदा छ । भारतसँग भर्खरै यू–१७ विश्वकप खेलेको अनुभव छ । त्यस्तै भुटानले पछिल्ला वर्षहरुमा प्रगति गरेको छ । त्यसैले सुखद नतिजाका लागि मेहनत गर्नुपर्नेछ ।’ कप्तान प्रितीले भनिन् ।
नेपाली टोलीका प्रशिक्षक यामप्रसाद गुरुङले तयारी सन्तोषजनक रहेको बताएका छन् । ‘सहभागी चारै टोलीको समान स्तर र प्रतिस्पर्धात्मक छन् । बंगलादेशलाई घरेलु मैदामा फाइदा हुन सक्छ ।’ उनले भने,‘हामीलाई विश्वास छ हामी राम्रो टक्कर दिनेछौं र उच्च प्रदर्श नगर्नेछौं ।’
प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले २० माघमा बंगलादेश, २२ माघमा भुटान र २४ माघमा भारतसँग खेल्नेछ ।
नेपालको खेल
माघ २० गते विरुद्ध बंगलादेश
माघ २२ गते विरुद्ध भुटान
माघ २४ गते विरुद्ध भारत
यू–२० महिला टोली
कविता विक, सावित्री किसान, लिला जोशी, सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भोलान, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ, तुलसा बोहरा, कुसुम खतिवडा,सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई (कप्तान), अञ्जली मचामसी, सरस्वती हमाल, दीपा शाही, गरिमा राई, अमिषा कार्की, ममता पुन र अञ्जली चन्द
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]