3 years ago
February 3, 2023
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का फ्रान्सेली स्टार फरवार्ड केलियन एमबाप्पे तीन साता मैदान बाहिर रहने भएका छन् ।

तिघ्राको चोटका कारण एमबाप्पे तीन साता मैदान बाहिर रहने क्लबले जनाएको छ । एमबाप्पेले बुधबार राति मोन्टपेलिएरमाथि ३–१ को जित निकालेको खेलमा चोट बोक्न पुगेका थिए ।
खेलेको सुरुवाती २१औं मिनेटमा चोटका कारण मैदान छाड्न बाध्य हुनुअघि दुई पेनाल्टी र एक खुल्ला मौका गुमाएको २४ वर्षीय एमबाप्पेका लागि यो बिर्सने रात सावित थियो । एमबाप्पेले यो सिजन आफ्नो क्लबका लागि २६ खेलमा २५ गोल गरिसकेका छन् ।
तीन साता मैदान बाहिर रहने भएसँगै एमबाप्पेले जर्मन क्लब बायर्न म्युनिखसँग हुने युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेग, मार्सेसँगको फ्रेन्च कप र मोनाकोसँग लिग वानको महत्वपूर्ण खेल गुमाउने भएका छन् ।
मार्सेसँगको फ्रेन्च कप फेब्रुअरी ८ र त्यसको तीन दिनपछि मोनाकोसँगको लिग वान खेल हुनेछ । बायर्नसँगको पहिलो लेगको प्रि–क्वाटरफाइनल खेल पिएसजीको मैदानमा १४ फेब्रुअरीमा हुँदैछ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]