3 years ago
February 4, 2023
एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोले खेलको अन्त्यतिर गोल गरेपछि शीर्षस्थानमा रहेको अल नासर साउदी प्रिमियर लिगमा हारबाट जोगिएको छ ।

अल नासरले घरेलु टोली अल फातेहसँग २–२ गोलको बराबरी खेलेको हो । १० खेलाडीमा समेटिएको अल नासेरले खेलमा दुईपटक पछि परेपनि अंक खोस्न सफल भएको हो ।
प्रिन्स अब्दुल्लाह विन जलावी स्पोर्ट्स सिटी अल हासामा शुक्रबार राति भएको खेलमा घरेलु टोली अल फातेहका क्रिष्टियन टेलो र सोफिएन बेन्डेब्काले गोल गर्दा अल नासरका एन्डरसन टालिस्का र रोनाल्डोले बराबरी गोल फर्काए ।
खेलको १२औं मिनेटमा क्रिष्टियन टेलोले गोल गर्दै अल फातेहलाई १–० को अग्रता दिलाए । ४२औं मिनेटमा एन्डरसन टालिस्काले कोनानको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
५८औं मिनेटमा सोफिएन बेन्डेब्काले गोल गर्दै घरेलु टोलीलाई पुन खेलमा २–१ को अग्रता दिलाए । उनले मारवेन सादएनीको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि अल फातेह जिततर्फ अग्रसर बनेपनि अन्तिम समयमा सम्हालिन नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।
इन्ज्युरी समयमा नोह अल मोउसाले पेनाल्टी बक्समा जालोलिडडिन मासहरिपोभलाई फउल गरेपछि रेफ्रीले अल नासरलाई पेनाल्टी प्रदान गरेको थियो ।
जसलाई रोनाल्डोले इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । साउदीको लिगमा रोनाल्डोको यो पहिलो गोल हो । उनले लिगको दोस्रो तथा समग्रमा तेस्रो खेलमा गोल गर्न सफल भएका हुन् ।
इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा गोलकर्ता एन्डरसन टालिस्का सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि अल नासर १० खेलाडीमा समेटिन पुग्यो ।
यस बराबरीसँगै अल नासर १५ खेलबाट ३४ अंक जोडेर शीर्षस्थानमा यथावत छ । समान अंक नै रहेपनि अल नासर एक खेल बढी खेलेको अल सवावभन्दा गोलअन्तरमा अघि छ । अल फातेह २२ अंक जोडेर छैटौं स्थानमा छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]