3 years ago
February 4, 2023
एजेन्सी – सन डाइसको प्रशिक्षणको पहिलो खेलमा नै एभर्टनले शीर्षस्थानमा रहेको आर्सनललाई स्तब्ध पारेको छ । आर्सनल घरेलु टोली एभर्टनसँग १–० ले स्तब्ध बनेको हो ।

घरेलु मैदानमा एभर्टनको जितमा दोस्रो हाफमा जेम्स तार्काेवस्कीले गरेको गोल नै निर्णायक बन्यो । गुडिसन पार्कमा शनिबार राति भएको खेलमा एक गोलले पछि परेपछि आर्सनलले घरेलु टोलीविरुद्ध बल पोसेसन राख्दै लगातार दवाव सिर्जना गरेपनि एभर्टनको बलियो रक्षापङ्ति तोड्न नुक्दा पराजित हुन पुग्यो ।
१२औं मिनेटमा थोमस पार्टेको प्रहारलाई एभर्टनका गोलरक्षक जोर्डन पिकफोर्डले दोस्रो प्रयासमा बचाउन सफल भए । २२औं मिनेटमा जेम्स तार्काेवस्कीको हेडरलाई विलियम सालिवाले ब्लक गर्दै एभर्टनको अग्रता टारे । ३०औं मिनेटमा इडवार्ड एनकेइटाको प्रहालाई पिकफोर्डले पुनः विफल पारे ।
पहिलो हाफको इन्ज्युरी समयमा डोमिनिक काल्भर्ट लेविनले सुवर्ण अवसर चुकाए । ६०औं मिनेटमा जेम्स तार्काेवस्कीले गोल गर्दै एभर्टनलाई १–० को अग्रता दिलाए । ड्वाइट म्याक्निलको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि आर्सनलले लगातार दवाव बढाएपनि एभर्टनले अग्रता जोगाउँदै महत्वपूर्ण ३ अंक बटुल्न सफल भयो ।
एभर्टनले २२ अक्टोवर २०२२ मा क्रिस्टल प्यालेसलाई ३–० ले पराजित गरेपछि ११औं खेलमा जित निकालेको हो । यस बीचमा एभर्टनले २ बराबरी र ८ हारको नतिजा निकालेको थियो ।
२१ जनवरी २०२२ मा वेस्ट ह्याम युनाइेडसँग २–० ले पराजित भएपछि एभर्टनले फ्रान्क लाम्पार्डलाई बर्खास्त गर्दै सन डाइसलाई टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । उनले आफ्नो प्रशिक्षणपछिको पहिलो खेलमा नै टोलीलाई जित दिलाए ।
यस जितसँगै एभर्टन २१ खेलबाट १८ अंक जोडेर १७औं स्थानमा उक्लिएको छ । पराजित आर्सनलले शीर्षस्थानमा आफ्नो अग्रता बढाउने अवसर गुमाएको छ । आर्सनलको २० खेलबाट ५० अंक छ ।
प्रिमियर लिगमा आर्सनलको यो दोस्रो हार हो । यसअघि आर्सनलले गत सेप्टेम्वर २०२२ मा म्यानचेस्टर युनाइटेडसँग ३–१ को हार बेहोरेको थियो । आर्सनलले यो सिजन २० खेलमा १६ जित र समान २ बराबरी र हारको नतिजा निकालेको छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]