3 years ago
February 8, 2023
एजेन्सी – टर्कीका गोलरक्षक अहमेट एयुप तुर्कासलानको भूकम्पमा परी मृत्यु भएको उनको क्लब येनी मालत्यास्पोरले पुष्टि गरेको छ ।

सोमबार भएको विनाशकारी भूकम्पमा परी टर्की र सिरियामा ५ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । त्यसमा गोलरक्षक अहमेट एयुप तुर्कासलान पनि परेको क्लबले जनाएको छ ।
‘हाम्रा गोलरक्षक अहमेट एयुप तुर्कासलानको भूकम्पमा परि निधन भएको छ । हार्दिक श्रद्धान्जली । सुन्दर तपाईलाई हामी बिर्सने छैनौं ।’ क्लबले आफ्नो आधिकारिक ट्वीट ह्यान्डलमा ट्वीट गरेको छ ।
२८ वर्षीय तुर्कासलानले सन् २०२१ मा आवद्ध भएपछि टर्कीको दोस्रो डिभिजन क्लब येनी मालत्यास्पोरबाट ६ पटक खेलेका थिए । टर्कीकै दोस्रो डिभिजनको क्लब केकुर रिजेस्पोरबाट खेल्ने क्रिस्टल प्यालेस र एभर्टनका पुर्व विंगर यानिक बोलासीले पनि उनको निधनमा यनी मालत्यास्पोरका उनका सबै परिवार र टोलीका साथीहरूप्रति मेरो समवेदना व्यक्त गरेको छ ।
‘सुन्दा विनाशकारी र हामी सबैले खाँचोमा परेका सबैलाई मद्दत गर्न जारी राख्न सकौं ।’ बोलासीले ट्वीट गरेका छन् । अहमेट एयुप तुर्कासलानले टर्कीकै क्लबबाट व्यवसायिक खेल खेलिरहेका थिए । उनले राष्ट्रिय टोलीमा भने स्थान बनाउन सकेका छैनन् ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]