default_image

3 years ago

February 8, 2023

अर्जेन्टिनासहित चार राष्ट्रकाे विश्वकप आयोजनामा संयुक्त दावी

255 views

0 Bookmark

एजेन्सी – दक्षिण अमेरिकाको चार राष्ट्र विश्व च्याम्पियन अर्जेन्टिनासहित चिली, पाराग्वे र उरुग्वेले सन् २०३० विश्वकप आयोजना गर्न आधिकारिक रूपमा आफ्नो संयुक्त प्रस्ताव पेश गरेका छन् ।

चार दक्षिण अमेरिकी राष्ट्रहरूले विश्वकपलाई ‘फुटबलको जन्म भएको ठाउँमा’ फर्कन आह्वान गरेका छन् । सन् १९३० मा उरुग्वेमा पहिलोपटक विश्वकपको आयोजना भएको थियो ।

सन् २०३० मा विश्वकप आयोजना भएको १ सय वर्ष पूरा हुनेछ । अब यि चार राष्ट्रले स्पेन र पोर्चुगलसँगै र मोरक्को र साउदी अरबको सम्भापवत संयुक्त प्रस्तावसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुँदैछ ।

‘सन् २०३० को विश्वकप अर्को विश्वकप मात्र होइन, यो १ सय वर्षको लागि मान्यताको साथ उत्सवको योग्य छ ।’ दक्षिण अमेरिकी फुटबल संघ (कन्मेवल) का अध्यक्ष अलेजान्ड्रो डोमिन्गुएजले भने, ‘हामी विश्वस्त छौं कि हामी भन्दा पहिले आएका र महानतामा विश्वास गर्ने र पहिलो विश्वकप बनाउनेहरूको सम्झनालाई सम्मान गर्न फिफाको दायित्व छ ।’

दुई पटकको विजेता उरुग्वेले सन् १९३० मा पहिलोपटक विश्वकपको आयोजना गर्दै आयोजकका रूपमा जितेको थियो । सन् १९७८ को आयोजक अर्जेन्टिनाले २०२२ मा कतारमा तेस्रो पटक विश्व च्याम्पियनको उपाधि जितेको थियो । यसअघि सन् १९६२ मा चिलीले पनि आयोजना गरेको थियो।

अर्जेन्टिना फुटबल संघ (एएफए) का अध्यक्ष क्लाउडियो तापियाले विश्व च्याम्पियनको रूपमा दक्षिण अमेरिकामा अब विश्वकप आयोजना हुनुपर्ने सबै दक्षिण मेरिकीहरूको सपना रहेको बताएका छन् । ‘यो विश्वकप आयोजना भएको १ सय वर्ष पूरा भएको अवसरमा मात्र होइन । हामी फुटबलकै कारण यहाँ छौं । हाम्रो निरन्तर दावी रहनेछ ।’ अध्यक्ष तापियाले भने ।

अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले पनि ट्विटरमा छिमेकी बोलिभियालाई पनि चार राष्ट्रको यो प्रस्तावमा सामेल हुन आग्रह गर्ने बताएका छन् ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.