3 years ago
February 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – उर्जन श्रेष्ठ फ्रेन्ड्स क्लबको मुख्य प्रशिक्षक बनेका छन् । फ्रेन्ड्सल नयाँ सिजनका लागि उर्जनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जनाएको छ ।

रेलिगेसन विनाको लिगमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) को मुख्य प्रशिक्षक रहेका उर्जनले गत सिजन थ्री स्टारको प्रशिक्षण सम्हालेका थिए । थ्री स्टार गत सिजन लिगमा छैटौं भएको थियो । थ्री स्टारले नयाँ सिजनको लागि मेघराज केसीलाई मुख्य प्रशिक्षक बनाइसकेको छ ।
गत वर्ष मृगेन्द्र मिश्रले फ्रेन्ड्सको प्रशिक्षण सम्हालेका थिए । गत सिजन फ्रेन्ड्स सुरुवाती समयमा रेलिगेसनको संघारमा पुगेपनि टोलीले त्यसपछि सानदार प्रदर्शन गर्दै रेलिगेसन जोगाएको थियो ।
‘ए’ डिभिजन लिगको मिति नजिकिदै गर्दा सबै १४ टोलीले खेलाडी अनुबन्धसँगै प्रशिक्षक अनुबन्धलाई तीब्रता दिइरहेको छ । मंगलबार मात्रै फ्रेन्ड्सले संकटाका डिफेन्डर अमित तामाङ र श्याम बाबु क्याप्छकीलाई अनुबन्ध गरेको छ ।

यसअघि फ्रेन्ड्सले डोना थापा, विशाल सुनार, राजेश परियार र रुपेश केसीलाई अनुबन्ध गर्दा एरोन थापा, प्रेम भण्डारी र असिम भुषालसँगको सम्झौता नविकरण गरेको छ ।
यो सिजनको लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । १४ टोलीले डबल राउन्ड रोविनको आधारमा २५ जेठसम्म प्रतिस्पर्धा गर्नेछ । फ्रेन्ड्सले नवप्रवेशी एफसी खुमलटारसँग खेल्दै नयाँ सिजनको सुरुआत गर्नेछ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]