3 years ago
February 8, 2023
काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना आयोजना हुने विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी तीब्र पारिएको आयोजक विराट गोल्डकप ट्रष्टले जनाएको छ ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला संरक्षक रहेको विराट गोल्ड कप शहि रंगशालामा चैत ९ गतेदेखि सुरु हुनेछ । फल्र्ड लाइटमा खेलाइने प्रतियोगितामा ८ टोलीको सहभागिता रहने बताइएको छ । नेपाली र विदेशी टिमको सहभागीतामा हुने प्रतियोगिताको पुरस्कार राशी पनि बढाउने तयारी भइरहेको विराट गोल्डकप प्रतियोगिताका सिईओ (कार्यकारी निर्देशक) सुवाशीश कोइरालाले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्नका लागि झण्डै २ करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा घरेलु टोलीको रुपमा विराटनगर सिटी एफसी रहेको छ । विराटनगर सिटी एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) खेलेको थियो ।
ए डिभजन टोली संकटा क्लब , नेपाल पुलिस क्लब , त्रिभुवन आर्मी क्लब, मच्छिन्द्र एफसी र थ्रीस्टार क्लबले खेल्ने पक्का भइसकेको आयोजकले जनाएको छ । २ वटा विदेशी टोलीलाई समावेश गराउने गरि तयारी भइसकेको इभेन्ट म्यानेजर सरोज लम्सालले बताए ।
प्रतियोगिताका लागि अहिले विराटनगरको शहिद रंगशाला मर्मतको काम भइरहेको बताइएको छ । पूर्वमा फुटबलको संस्कृति विकासका लागि पनि यो प्रतियोगिता कोषे ढुंगा सावित गर्ने उद्देश्यले सवै तयारी अगाडि बढाइएको लम्सालले बताए ।
सुरुमा चैत ६ गतेदेखि प्रतियोगिता आयोजना गर्ने गरी आयोजकले तयारी अघि बढाए पनि अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन लिग आयोजना गर्न लागेकोले ३ दिन पर सरेको हो । एन्फाले पनि मोफसलमा हुने गोल्डकपहरुको क्यालेन्डर सार्वजनिक गरिसकेको छ । सोही अनुरुप विराट गोल्डकप चैत १७ गतेसम्म सन्चालन हुनेछ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]