default_image

9 years ago

December 30, 2016

फाल्गुनन्द गोल्ड कपमा आयोजकको विजयी सुरुआत

182 views

0 Bookmark

दिपक बोहोरा
पाँचथर ( फिदिम )– आयोजक फिदिम स्र्पोटिङ क्लबले पाँचथरको फिदिममा शुक्रबार सुरु भएको आठौं फाल्गुनन्द गोल्ड कप विजयी सुरुआत गरेको छ । फिदिम उच्च मावीको मौदानमा आयोजक फिदिमले हिम कस्तुरी क्लब सिराहा ११ लाई १–० ले हरायो ।

phidim-13

साजन राईले २७ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बन्यो । हिमकस्तुरीका खेलाडी पेनाल्टी बक्समा फाउल गरेपछि फिदिमले पेनाल्टी पाएको थियो । साजनले पेनाल्टी प्रहार गर्दा विपक्षी गोलकिपरले रोकेपनि पूर्ण रुपमा नियन्त्रणमा लिन नसकेपछि उनले त्यहि रिबाउन्डमा गोल गरेका थिए ।

हिम कस्तुरकिा प्रशिक्षक श्याम सुन्दर सिंले नयाँ परिवेश र नयाँ ठाँउमा खेल्न कठिन भएको बताए । उनले हाम्रो खेलकुदसँग भने,‘राम्रो खेल्दा खेल्दै हामी हार्यौं ।’फिदिम स्पोर्टिङका प्रशिक्षक पासाङ तामाङ सोचे अनुरुप टोलीले प्रदर्शन गर्न नसकेको बताए । उनले अर्को खेलमा अझ मिहेनत गर्नु पर्ने औल्याए ।

फिदिमका गोल गर्ने खेलाडी साजन म्यान अफ द म्याच भए । उन लाई नेपाली कांगे्रस जिल्ला सभापति नरेन्द्र केरुङले म्यान अफ द म्याचको पुरस्कार प्रदान गरे । त्यसअघि संघिय तथा स्थानिय बिकास राज्यमन्त्री श्रीप्रसाद जबेगुले उद्घाटन खेलेका थिए । पुस २४ गते सम्म हुने गोल्डकपमा १० टोलीको सहभागिता छ ।

phidim-1

phidim-12

phidim-12phidim-12

फाल्गुनन्द गोल्डकपमा शनिबारको खेल
– साइनो स्र्पोटिङ क्लब, मोरङ ११ विरुद्ध कर्ण सिं सोनाम स्मृति क्लब ताप्लेजुङ ११

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.