default_image

9 years ago

December 31, 2016

कांस्य पदक विजेता पुलिस सहारासँग स्तब्ध

198 views

0 Bookmark

हेटौंडा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबलाई २-० ले हराउदै साहारा क्लब , पोखरा हेटौंडामा जारी दोस्रो टुबोर्ग हेटौंडा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता–२०७३ मा विजयी भएको छ ।

shiva-subedi

हेटौंडा–१० स्थित वनविज्ञान मैदानमा जारी प्रतियोगितामा सहाराले सातौ राष्ट्रिय खेलकुदको कास्य पदक बिजेता नेपाल पुलिसलाई पराजित गर्दै अघिल्लो चरणको यात्रा सुनिश्चित गरेको हो । सहाराले दुवै हाफमा एक-एक गोल गर्दै बलियो टोली पुलिसको हेटौंडा यात्रा एकै खेलमा टुंग्याएको हो ।

सहाराका शिव सुवेदीको प्रेरणादायी खेलको २८ औं मिनेटमा कप्तान उत्तम गुरुङले गोल गर्दै खेललाई अगाडि बढाएका थिए । उनले प्रहरीको डिफेन्सबीच डिबक्सभित्र तालमेल अभाव भइरहेको अवस्थामा बललाई जाली चुमाएका हुन् । खेलका ‘म्यान अफ दी म्याच’ शिव सुवेदीले ८४ औं मिनेटमा प्रहार गरेको कर्नर सिधै गोलमा परिणत भएको थियो ।

hetauda

‘खेलाडीहरुले शतप्रतिशत योगदान दिँदा जीत सम्भव भएको हो । हाम्रो खेलाडीले पहिलो पटक नै पाएको मौकालाई गोलमा परिणत गर्दा हामीले अघिल्लो चरणको यात्रा तय गर्न सफल भएका हौं’, सहाराका प्रशिक्षक किरण श्रेष्ठले आफ्ना डिफेन्सको खुलेर प्रशंसा गरे । ‘हामीले आफ्नो अग्रता जोगाउन डिफेन्सिभ खेल खेलिरहेका समयमा थप गोल निस्किँदा खेलमा सजिलो भयो’, उनले थपे ।

पुलिसका प्रशिक्षक कुमार कटुवालले बल पोजिसन राम्रो हुँदा पनि हार्नु परेको बताए । ‘आयोजकले हाम्रो खेललाई अगाडि सार्दा समस्या भयो’ , सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएर आउने वित्तिक खेलमा सहभागी हुनुपर्दा समस्या भएको प्रशिक्षक कटुवालले बताए ।

सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत् आइतबार मनाङ मस्र्याङदी र सशस्त्र प्रहरीको (एपीएफ)बीच प्रतिस्पर्धा हुनेछ । २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता, उपविजेताले क्रमशः पाँच र तीन लाख रुपियाँ प्राप्त गर्नेछन् ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.