9 years ago
January 1, 2017
दिपक बोहोरा
पाँचथर– विर्ता युनाटेड झापा सहज जितका साथ पाँचथरको फिदिममा जारी आठौं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सेर क्लब कालेम्पुङ भारत लाई ७– ० ले हराउदै विर्ता युनाइटेडले अन्तिम चारको यात्रा तय गरेको थियो । विर्ता युनाइटेडका लागि कर्ण लिम्बुले चार, रञ्जित श्रेष्ठले २ र निशान खड्काले १ गोल गरेका थिए ।

आइतबार फिदिम उच्च मा.बि को मौदानमा १३ औं मिनेटमा कर्ण लिम्बुको गोलबाट विर्ताले अग्रता लिको थियो । वुद्ध चेम्जोङको पासमा विपक्षी टोली कमजोरी फाइदा उठाउँदै कर्णले गोल गरेका हुन् । रञ्जित श्रेष्ठले २३ औं मिनेटमा गोल गरे भने २७ औं मिनेटमा कर्णले हेड मार्फत व्यक्तिगत दोश्रो गोल गरेको थिए ।
रञ्जितले २८ औं मिनेटमा अर्को गोल थपे । कर्णले ३३ औं मिनेटमा ह्याट्रिक पुरा गरेका थिए । कप्तान योगेश गुरुङले प्रहार गरेमा विपक्षी गोलकिपरले बल राम्ररी नियन्त्रणमा लिन नसकेपछि त्यसैमा कर्णले गोल गरेका थिए । निशान खड्काले ३७ औं मिनेटमा गोल थपे । कर्णले दोस्रो हाफमा चौथो गोल गरेका थिए । ५३ औं मिनेटमा कर्णले अर्को गोल थपे रञ्जित श्रेष्ठको प्रहार पोलमा ठोक्किएर फर्केपछि त्यहि रिबाउन्डमा कर्णले गोल गरेका हुन् । कर्ण खेलको म्यान अफ दी म्याच घोषित भए ।
फाल्गुनन्द गोल्ड कपमा सोमबारको खेल
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]