3 years ago
March 17, 2023
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको क्वाटरफाइनलमा कीर्तिमानी ६ पटकको विजेता सेभिया प्रतिद्धन्द्धी पाएको छ ।

शुक्रबार निकालिएको ड्र अनुसार यि दुई टोली सेमिफाइनलमै भिड्ने भएको हो । सेभिया युरोपा लिगको कीर्तिमानी ६ पटकको विजेता हो । जसले सन् २००६ पछि ६ उपाधि जितिसकेको छ ।
सेभियाले सन् २०२० मा युनाइटेडलाई सेमिफाइनलमा पराजित गरेको थियो । सेभियाका युनाइटेडबाट लोनमा रहेका ब्राजिलका डिफेन्डर एलेक्स टेल्स पनि छन् ।
‘सेभिल्ला युरोपा लिगमा धेरै अनुभवी र धेरै पटक जितेको छ ।’ युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागले भने, ‘हामीले यसबारे सचेत हुनुपर्छ ।’ गत महिना काराबाओ कप जितेको टेन ह्यागको टोलीले आइतबार एफए कपको क्वाटरफाइनलमा फुलहमसँग खेल्दैछ ।
क्वाटरफाइनलमा जित निकाले युनाइटेडले सेमिफाइनलमा युभेन्ट्स वा स्पोर्टिङ लिस्वनसँग खेल्नेछ । युभेन्ट्समा युनाइटेडका पुर्व मिडफिल्डर पाउल पोग्बा छन् । अन्य क्वाटरफाइनलमा रोमाले फेयेनुर्ड तथा बायर लिभरकुसेनले युनियन सेन्ट गिलोइसको सामना गर्नेछ ।
यता, युरोपा कन्फरेन्स लिगको क्वाटरफाइनलमा वेस्ट ह्यामले जेन्टसँग खेल्नेछ । वेस्ट ह्याम र जेन्टबीच सन् १९६४–६५ पछि पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो । जुनबेला यि दुई टोलीले कप विनर्स कप खेलेको थियो । जसमा वेस्ट ह्याम विजयी भएको थियो ।
यस्तै लेच पोजनान र फियोरेन्टिना, एजेट अल्कामार र एन्डरलेक्ट तथा बसेल र नाइसबीच क्वाटरफाइनलमा प्रतिस्पर्धा हुनेछ ।दुवै प्रतियोगिताको पहिलो लेग १३ अप्रिलमा तथा दोस्रो लेग २० अप्रिलमा हुनेछ । सेमिफाइनल खेल ११ र १८ मेमा हुनेछ ।
युरोपा लिगको क्वाटरफाइनल ड्र
म्यानचेस्टर युनाइटेडविरुद्ध सेभिया
युभेन्टसविरुद्ध स्पोर्टिङ लिस्बन
बायर लिभरकुसेनविरुद्ध युनियन सेन्ट गिलोइस
फेयेनुर्डविरुद्ध रोमा
युरोपा लिगको सेमिफाइनल ड्र
युभेन्टस वा स्पोर्टिङ लिस्बनविरुद्ध म्यानचेस्टर युनाइटेड वा सेभिया
फेयेनुर्ड वा रोमाविरुद्ध बायर लिभरकुसेन वा युनियन सेन्ट गिलोइस
युरोपा कन्फरेन्स लिगको क्वाटरफाइनल ड्र
लेच पोजनानविरुद्ध फियोरेन्टिना
जेन्टविरुद्ध वेस्ट ह्याम
एजेट अल्कामारविरुद्ध एन्डरलेक्ट
बसेलविरुद्ध नाइस
युरोपा कन्फरेन्स लिगको सेमिफाइनल ड्र
लेच पोजनान वा फियोरेन्टिनाविरुद्ध बसेल वा नाइस
जेन्ट वा वेस्ट ह्यामविरुद्ध एजेट अल्कामार वा एन्डरलेक्ट
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]