default_image

3 years ago

March 18, 2023

पुलिसलाई लिगमा पहिलो अंक

206 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग २०७९ मा पहिलो अंक जोडेको छ । दशरथ रंगशालामा शनिबार पुलिस र न्यु रोड टिम (एनआरटी) को खेल १-१ को बराबरीमा सकिएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दुवै टोलीले दोस्रो हाफमा १-१ गोल गरे । एनआरटीले खेलमा सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा पहिलो जितबाट बन्चित भयो । खेलको ६५ औं मिनेटमा एनआरटीका लागि संजिव विष्टले गोल गरेका थिए । पुलिसका गोलरक्षक संजित श्रेष्ठले पेनाल्टी क्षेत्र भित्र क्लियर गर्न खोजेको बलमा राम्रो नियन्त्रण हुन नसक्दा संजिवले खाली पोस्टमा सहजै गोल गरे ।

पहिलो जितको खोजीमा रहेको एनआरटीले ७७ औं मिनेटमा गोल खान पुग्यो । पुलिसका प्रताप गुरुङले फ्रिकिकमा सिधै गोल गर्दै पुलिसलाई बराबरीमा ल्याएका थिए । उनले बायाँ विंगबाट झन्डै २५ यार्ड टाढाबाट फ्रिकिक सिधै गोल गरेका थिए ।

यस नतिजासँगै पुलिसले ५ खेलमा १ अंक जोडेको छ । पुलिस पुछारमा रहँदा एनआरटी १३ औं स्थानमा छ । टोलीको ५ खेलमा २ अंक छ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.