default_image

3 years ago

March 18, 2023

लगातार जितसँगै मनाङ दोस्रो स्थानमा

282 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग २०७९ अन्तर्गत मनाङ मर्स्याङ्दी क्लबले लगातार दोस्रो जित दर्ता गरेको छ । दशरथ रंगशालामा मनाङले नेपाल एपिएफ क्लबलाई २-१ ले पराजित गर्यो ।

३४ अ‍ौं मिनेटमा एपिएफले अर्मान्ड बेडमको गोलमा अग्रता लियो । नविन लामाको क्रसमा अर्मान्डको हेडर गोलमा परिणत भएको थियो ।

५३ अ‍ौं मिनेटमा मनाङले बराबरी गोल फर्कायो । सुमित श्रेष्ठको क्रसमा कमल थापाले हाफ भलीमा सुन्दर फिनिस गर्दै खेल बराबरीमा ल्याए ।

५८ अ‍ौं मिनेटमा मनाङको अग्रता लिने प्रयासमा मान बहादुर रानामगर बाधक बने । कमलको कर्नरमा आशिष गुरुङको हेडरलाई मानले गोललाइनबाट क्लियर गरे ।

७२ अ‍ौं मिनेटमा मनाङले अग्रता लियो । वैकल्पिक खेलाडी साइदजामोल दाभ्लात्जोनोभले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलमा परिणत गरे ।

यस जितसँगै मनाङ ५ खेलमा ११ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.