3 years ago
March 18, 2023
दिपक न्यौपाने, बुटवल
सुदूरपश्चिम ११ स्पोर्टस क्लबले २२ औं तिलोत्तमा गोल्ड कप फबुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । बुटवलमा शनिबार सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक करेन्ट रुपन्देही ११ लाई ३–१ ले हराउँदै सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश गरेको छ ।

सुदूरपश्चिमका लागि फागुराम थारुले २ गोल र स्वाय्म्बाले गोल गरेका थिए । रुपन्दहीका लागि फोफानाले गोल गरेका थिए । फागुरामले ३१ औं मिनेटमा पहिलो गोल गरे । ४६ औं मिनेटमा स्वाय्म्बाले झण्डै ३५ यार्डमा फ्रिकिकमा गोल गरे । ६८ औं मिनेटमा फागुरामले अर्को गोल थपे । खेलको अन्तिम मिनेटमा फोफानाले पेनाल्टीमार्फत गोल फर्काएका थिए ।
सुदूरपश्चिमका फागुराम खेलको म्याराथन अफ दी म्याच घोषित भए र उनले ११ हजार रुपैयाँ प्राप्त गरे । रुपन्देहीका प्रशिक्षक पुकार गहतराजले फिनिसिङमा टोली चुकेको बताएका छन् । सुदुरपश्चिमका प्रशिक्षक अनिल कठायतले भने उच्च मनोबल र सामूहिक प्रदर्शनबाट जित सम्भव भएको बताएका छन् ।
थ्रीस्टार र हिमालयन शेर्पा भिड्ने
प्रतियोगितामा आइतबार थ्री स्टार क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टारले २० औं संस्करणको उपाधि जितेको थियो भने हिमालयन शेर्पा अहिले सम्म विजेता बन्न सेकेको छैन ।
तिलोत्तमाको विजेताले उपाधिसहित ११ लाख ११ हजार १ सय ११ तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्ने छन् भने विधागत उत्कृष्ट खेलाडीले समान ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा मनाङ मस्र्याङ््दी क्लब, नेपाल पुलिस क्लब, एपिएफ फुटबल क्लब र फ्रेन्ड्स क्लबको पनि सहभागिता रहेको छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]