default_image

3 years ago

March 18, 2023

महिला राष्ट्रिय टोलीका ८ खेलाडी सम्मानित

348 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रौतहटको चन्द्रपुर नगरपालिकाले नेपाली महिला राष्ट्रिय फुटबल टोलीबाट खेल्ने आफ्नो नगरपालिकाभित्रका खेलाडीलाई नगदसहित सम्मान गरेका छन् ।

नगरपालिकाले शनिबार राष्ट्रिय टिमबाट खेल्ने आफ्नो नगरभित्रका ८ खेलाडीलाई जनही १५ हजार रुपैया, दोसल्ल र सम्मानपत्रले सम्मानित गरेको हो ।

नगरपालिकाले खेलाडीहरू नगरपालिकाको शानको रूपमा रहेको भन्दै रेनुका नगरकोटे, रश्मी कुमारी घिसिङ, समिक्षा घिमिरे, अनिता केसी, अञ्जना रानामगर, पुनम जर्घामगर, निशा थोकर र मञ्जली कुमारी योञ्जनलाई सम्मान गरेको हो ।

गत भदौमा घरेलु मैदानमै भएको साफ महिला च्याम्पियनशिपमा नेपाली टिमले फाइनलसम्मको यात्रा तय गर्दा रौतहटका सात खेलाडीले टिमको प्रतिनिधित्व गरेका थिए । त्यसबेला टिमको कप्तानसमेत रहेकी रेनुका भने चोटका कारण टिमबाट बाहिर थिईन् ।

महिला फुटबलका लागि उर्वर भुमीको रूपमा रहदै आएको रौतहटको चन्द्रपुर नगरपालिकाका दर्जनौ खेलाडीले राष्ट्रिय टिमबाट खेलिसकेका छ्न् ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.