default_image

3 years ago

March 19, 2023

हालान्डको ह्याट्रिकमा सिटीको सानदार जित

397 views

0 Bookmark

एजेन्सी – नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डको ह्याट्रिक सहयोगमा सानदार जित निकाल्दै म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सिटीले च्याम्पियनसिप क्लब बर्नलेमाथि ६–० को सानदार जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । सिटीको जितमा हालान्डले ह्याट्रिक पूरा गर्दा जुलियन अल्भारेजले दुई तथा कोल पाल्मेरले एक गोल थपे ।

इतिहाद स्टेडियममा शनिबार राति भएको एकपक्षीय खेलमा सिटीले पहिलो हाफमा २–० को अग्रता बनाउँदा दोस्रो हाफमा ४ गोल थपेको थियो ।

३२औं मिनेटमा हालान्डको गोलबाट सिटीले खेलमा १–० को अग्रता लिन सफल भयो । उनले अल्भारेजको पासमा गोल गर्न सफल भए । ३५औं मिनेटमा हालान्डले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरेपछि सिटी पहिलो हाफमा २–० ले अघि बढ्यो । उनले फिल फोडेनको पासलाई सदुपयोग गरे ।

५९औं मिनेटमा हालान्डले ह्याट्रिक पूरा गरे । गोल मेसिन हालान्डको यो पछिल्लो दुई खेलमा लगातार ह्याट्रिक हो । यसअघि हालान्डले च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब आरबी लाइप्जिगमाथि ७–० को जितमा ह्याट्रिकसहित ६ गोल गरेका थिए ।

६२औं मिनेटमा केभिन डि ब्रुएनाको पासमा जुलियन अल्भारेजले गोल गरेपछि सिटी खेलमा ४–० ले अघि बढ्यो । ६८औं मिनेटमा कोल पाल्मेरले तथा ७३औं मिनेटमा अल्भारेले ब्रुएनाको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैटौं गोल गर्दै सिटीलाई फराकिलो जित दिलाए ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.