3 years ago
March 19, 2023
एजेन्सी – इटालियन क्लब एसी मिलानका फरवार्ड ज्लाटन इब्राहिमोभिच सिरी ए को इतिहासमा गोल गर्ने सबैभन्दा भेट्रान खेलाडी बनेका छन् ।

उडिनेसेसँग ३–१ ले पराजित भएको खेलमा ज्लाटनले एक गोल गर्दै उनी सिरी ‘ए’ मा गोल गर्ने सबैभन्दा पाका खेलाडी बनेका हुन् ।
४१ वर्षीय इब्राहिमोभिचले पहिलो हाफको अन्त्यमा पेनाल्टीमार्फत गोल गरेका थिए । सुरुवाती पेनाल्टी चुकाएपनि पुनः रि पाएको पेनाल्टीमा ज्लाटन चुकेनन् । घुँडाको गम्भीर चोटबाट फर्किएपछि ज्लाटनको यो पहिलो गोल हो ।
ज्लाटनले ४१ वर्ष १६६ दिनमा गोल गर्दै अलेसान्ड्रो कोस्टाकुर्टाले ४१ वर्ष २५ दिनको कीर्तिमानलाई तोडेका हुन् । इब्राहिमोभिचले गत सिजन मिलानलाई सिरी एको उपाधि जिताउन मद्दत गरेका थिए । गत समरमै लिगामेन्टको चोटमा शल्यक्रिया गर्नुपरेपछि उनी लामो समय मैदान बाहिर रहेका थिए । उनी फेब्रुअरीमा मात्रै खेलमा फर्किएका थिए ।
खेलको नवौं मिनेटमा मिलान रोबर्टाे पेरेराको गोलबाट पछि परेको थियो । त्यसपछि ज्लाटनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । पहिलो हाफमै घरेलु टोली उडिनेस १० खेलाडीमा समेटिन पुगेको थियो ।
एन्ड्रिया सोटिल सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । पहिलो हाफको इन्ज्युरी समयमै बेटोले गोल गर्दै उडिनेसलाई २–१ को अग्रता दिलाए । त्यसपछि ७०औं मिनेटमा किङ्सलेले गोल गर्दै उडिनेसलाई ३–१ को जित दिलाए ।
यस हारले मिलान २७ खेलबाट ४८ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ । उडिनेस ३८ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]