3 years ago
March 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – भोजपुर नगरपालिकाको मुख्य प्रायोजन तथा भोजपुर जिल्ला फुटबल संघको आयोजनामा छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप चैत्र १० देखि १६ गतेसम्म हुने भोजपुर जिल्ला फुटबल संघले जनाएको छ । १० देखि १३ गतेसम्म क्वाटरफाइनल, १४ र १५ गते सेमिफाइनल तथा १६ गते फाइनल हुनेछ ।
प्रतियोगितामा आयोजक भोजपुर जिल्ला फुटबल संघ, भारतका युकेएफसी र क्यामरुनका एभिनियर एफसीसहित एनबीवाईसी सप्तरी, गोर्खा ब्वाइज रुपन्देही, डाँगीहाट युथ क्लब मोरङ, भगवती स्पोर्टस् क्लब खोटाङ र बसाहा क्लब उदयपुर सहभागी हुने आयोजकले जनाएका छन् ।
प्रतियोगिताका विजेताले नगद ५ लाखसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाउने छन् । उपविजेताले तीन लाखसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाउने छन् ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]