3 years ago
March 19, 2023
दिपक न्यौपाने, बुटवल
थ्री स्टार क्लब २२ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । अर्को ए डिभिजन टोली हिमालयन शेर्पा क्लबलाई आइतबार १–० ले हराउँदै थ्री स्टार अन्तिम चारमा पुगेको हो ।

दिपेश गुरुङले खेलेको अन्त्यतिर गरेको गोल खेलको निर्णय बनेको थियो । दिपेशले निर्धारित समय सकिनु ५ मिनेट अघि गोल गरेका थिए । पेनाल्टी बक्सबाट उनले गरेको प्रहार गोलमा परिणत भएको थियो । उनको प्रहारब रोक्न हिमालयनकाब गोलकिपर विवश चौधरीले मौका पाएनन् ।
पहिलो हाफमा दुवै बटोलीले सन्तोषजनक प्रदर्शन गर्न सकेनन् । पूर्व राष्ट्रिय खेलाडी विक्रम लामाको कप्तानीमा उत्रिएको थ्री स्टारका लागि २५ औ मिनेटमा आदित्य शाक्यको लामो पासमा अजय मार्टिन्सले हेड गरेपनि बललाई पोष्टको दिशा दिन सकेनन् ।
त्यसअघि हिमालयन शेर्पा योमीले पेनाल्टी बक्सबाट हेडमार्फत गरेको प्रहार सफल भएन । दोस्रो हाफमा योमीको प्रहार बारमा लागेर फर्कियो । दोस्रो हाफमा थ्री स्टारले प्रदर्शनमा केहि सुधार गरेको थियो । ६० औं मिनेटमा थ्री स्टारका आदित्य शाक्यको प्रहार गोलपोष्ट नजिकबाट बाहिरियो ।
थ्री स्टारका दिपेश खेलको म्यान अफ दी म्याच घोषित भए । उनलाई प्रदेश खेलकुद विकास परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले ११ हजार रुपैयाँ हस्तान्तरण गरे । थ्री स्टारले बुधबार सेमिफाइनलमा सुदूरपश्चिम ११ स्पोर्टस क्लबको सामना गर्नेछ ।
हिमालयन शेर्पाका प्रशिक्षक सुमन श्रेष्ठले रेफ्रिले सन्तोषजनक खेल खेलाउन नसकेको बताए । २० औं संस्करणको विजेता थ्री स्टारका प्रशिक्षक मेघराज केसीले दोस्रो हाफको रणनीतिले काम गरेर नतिजा निस्केको बताए । उनले अबको ध्यान सेमिफाइनलमा केन्द्रित हुने जनाए । रुपन्देही जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा सोमबार दुई ए डिभिजन टोली फ्रेन्डस क्लब र एपिएफब फुटबल क्लबबीच हुनेछ । फ्रेन्ड्स १५ औं संस्करणको विजेता हो ।
तिलोत्तमा गोल्डकपको विजेताले उपाधिसहित ११ लाख ११ हजार १ सय ११ तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडीले समान ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]