3 years ago
March 19, 2023
एजेन्सी – इंग्लिस फरवार्ड बुकायो साकाले दुई गोलसँगै एक असिस्ट प्रलान गरेपछि शीर्षस्थानमा रहेको लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ ।

घरेलु मैदानमा आर्सनलले क्रिस्टल प्यालेसमाथि ४–१ को फराकिलो जित निकाल्दै आफ्नो शीर्षतालाई थप मजवुत बनाएको छ ।इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा आर्सनलको सहज जितमा बुकायो साकाले दुई तथा गाब्रिएल मार्टिनेली र ग्रानिट झाँकाले समान एक गोल गरे । प्यालेसका जेफरे स्कलपले एक गोल फर्काए ।
खेलको २८औं मिनेटमा मार्टिनेलीको गोलबाट आर्सनलले १–० को अग्रता लिन सफल भयो । मार्टिनेलीले बुकायो साकाको पासमा गोल गर्न सफल भएका थिए । ४३औं मिनेटमा बुकायो साकाले बेन ह्वाइटको पासमा गोल गरेपछि आर्सनलले पहिलो हाफमा २–० को अग्रता लिन सफल भयो ।
५५औं मिनेटमा ग्रानिट झाँकाले गोल गर्दै आर्सनललाई सहज जिततर्फ अघि बढाए । उनले लियान्द्रो ट्रोससार्डको पासमा गोल गर्न सफल भएका थिए । ६३औं मिनेटमा जेफरेले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए ।
त्यसपछि ७४औं मिनेटमा बुकायो साकाले काइरन टाइएरनीको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै आर्सनलको सानदार जित पक्का गराए ।
यस जितसँगै आर्सनलले शीर्षस्थानमा ८ अंकको अग्रता बनाउन सफल भएको छ । आर्सनलको २८ खेलबाट ६९ अंक पुगेको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ६१ अंक छ । पराजित प्यालेस २७ अंक जोडेर १२औं स्थानमा छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]