default_image

9 years ago

January 4, 2017

आर्सनल बाल बाल हारबाट जोगियो

144 views

0 Bookmark

लन्डन (एजेन्सी)– अन्तिम २० मिनेटमा तीन गोल फर्काएपछि आर्सनल गए राती प्रिमियर लिगमा हारबाट जोगिएको छ । उपाधि दौडमा रहेको आर्सनलले बोर्नमाउथसँग ३–३ को बराबरी खेलेको हो ।

630910744

बोर्नमाउथले १५ मिनेटमै १–० को अग्रता लिएको थियो भने रायन फ्रसेरले दोस्रो हाफको १३ औ मिनेटमा अर्को गोल थपेका थिए । ७० औं मिनेटमा एलेक्स सान्चेजले हेडमार्फत गोल गर्दै आर्सनललाई खेलमा फर्काउने प्रयास गरेका थिए भने त्यसको पाँच मिनेटपछि परिवर्तित खेलाडी लुकास पेरेजले भलीमा गोल गर्दै गोलअन्तरलाई ३–२ मा पुर्याएका थिए ।

८३ औं मिनेटमा आरोन रामसेलाई फाउल हान्दा सिमोन फ्रेन्सिसले रातो कार्ड पाएपछि बोर्नमाउथ १० खेलाडी सिमित भएको थियो । एक खेलाडी कम भएको फाइदा उठाउन आर्सनल सफल पनि भयो । लगातार दबाब दिएको आर्सनलका लागि इन्जुरी समयको दोस्रो मिनेटमा ओलिभर जिर्राउडले बराबरी गोल फर्काए र टोलीको सम्भावित हारलाई टारे । चार्लिन डानियल्सको गोलमा बोर्नमाउथले १५ औं मिनेटमा अग्रता लिएको थियो भने कालुम विल्सनले २० औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अन्तरलाई दोब्बर पारेका थिए ।

प्रिमियर लिगका अन्य दुई खेलमा स्वान्सी सिटीले क्रिस्टल प्यालेसलाई २–१ ले र स्टोक सिटीले वाटफोर्डलाई २–० ले हराएको छ । खेल सकिनु दुई मिनेटअघि एन्जेल रानगेलको गोलमा स्वान्सी विजयी भएको थियो त्यसअघि अलफि माउसनको गोलबाट ४२ औं मिनेटमा स्वान्सीले अग्रता लिएको थियो भने ८३ औं मिनेटमा क्रिस्टल प्यालेसका विलफ्रान्इड जाहाले बराबरी गोल फर्काएका थिए । पहिलो हाफमा रायन स्वक्रस र पिचर क्रचले दोस्रो हाफमा गोल गरेपछि स्टोक विजयी भएको थियो ।

चौथो स्थानमा रहेको आर्सनल शीर्षस्थानका चेल्सी भन्दा अझै ८ अंकले पछाडी छ । आर्सनलले २० खेलमा ४१ अंक जोडेको छ भने एक खेल कम खेलेको चेल्सीको ४९ अंक छ । दोस्रो स्थानको लिभरपुलको ४४ र तेस्रो स्थानको म्यानचेस्टर सिटीको ४२ अंक छ । २५ अंकसहित बोर्नमाउथ नवौं स्थानमा छ । अंक तालिकामा स्टोक ११ औं र स्वान्सी पुछारबाट दोस्रो (१९ औं) स्थानमा छ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.