default_image

9 years ago

January 5, 2017

कोपा डेल रेमा रियल मड्रिड विजयी, रोड्रिग्वेजको दुइ गोल

126 views

0 Bookmark

मड्रिड (एजेन्सी) – कोपा डेल रेको अन्तिम १६को पहिलो लेगमा रियल मड्रिडले सेभिल्लामाथि ३-० को अग्रता कायम गर्न सफल भएको छ । हामेज रोड्रिग्वेजको दुइ गोल र राफेल भरानको १ गोलले मड्रिडले आफ्नो हार बिनाको यात्रा ३८ खेलमा पुर्‍याउदै २०१७ को पहिलो खेलमा सुखद सुरुआत गरेको हो ।real-mdrid

पहिलो हाफको ११ मिनेटमा २० यार्डबाटको रोड्रिग्वेजको प्रहारले जाली चुमे पछि मड्रिडले अग्रता पाएको थियो । त्यसपछि खेल सुरु भएको आधा घण्टामा क्रुसको कर्नरमा हेडरमार्फत बललाई दिशा दिएपछि मड्रिडको अग्रता दोब्बर भएको थियो ।

लुका मोड्रिचलाई मरिनोले आफ्नै बक्समा फल गरेपछि पाएको पेनाल्टिलाई गोलमा परिणत गर्दै रोड्रिग्वेजले पहिलो हाल्फ सकिनु अगाडि मड्रिडलाई तेस्रो गोल दिलाए । क्रिस्टियानो रोनाल्डो बेगर उत्रेको मड्रिडले दोस्रो हाफमा कुनै गोल गर्न सकेन भने पाहुना टोली सेभिल्लाले पनि घरेलु टोलिमाथि कुनै दबाब सिर्जना गरनसक्दा खेल ३-०मा अन्त्य भयो ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.