9 years ago
January 6, 2017
धनगढी (हाम्रो खेलकुद) – भुटानको ड्रुक स्टार कैलालीको धनगढीमा जारी प्रथम अन्तराष्ट्रिय आमन्त्रित भागेश्वर ग्रुप सुदुरपश्चिम खप्तड गोल्डकपको दोस्रो चरणमा पुगेको छ ।

धनगढी रंगशालामा वेष्ट काठमाण्डौलाई ४—१ ले हराउँदै ड्रुक स्टार अघिल्लो चरण पुगेको हो । वेष्ट काठमाडौंले पहिलो हाफमा लिएको अग्रता जोगाउन सकेन । कप्तान समीरजंग कार्कीले गोल गरेका थिए ।
पेम्वा राईले ५६ औं मिनेटमा गोल ड्रुक स्टारलाई खेलमा फर्काएका थिए । बराबरीपछि क्यान्चो तोवगेले ह्याट्रिक गरेपछि भुटानी क्लबको जित सह बनेको थियो । भुटानी राष्ट्रिय टोलीको सदस्य समेत रहेका क्यान्चोले ७१ औं, ८४ औं र खेल सकिनु एक मिनेटअघि गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन् ।
ड्रुक स्टार भुटानको थिम्पुमा रहेको १० ए डिभिजनमध्ये शीर्ष चारको टोली हो । ह्याट्रिकपछि क्यान्चाले दोस्रो हाफमा टीम वर्कका कारण जित्न सफल भएको बताए । ड्रुक स्टारका प्रशिक्षक कोता नामगेन्जनले रणनिति अनुसार खेलेका कारण सफलता प्राप्त भएकोब ताए । वेष्ट काठमाडौं का प्रशिक्षक सुन्दर थापाले केही खेलाडी चोटग्रस्त भएका कारण टोलीको प्रदर्शनमा असर परेको बताए ।

सुदुरपश्चिम ११ फुटबल क्लबले आयोजना गरेको गोल्डकपको विजेताले ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै उत्कृष्ट खेलाडीले यमाहा मोटरसाइकल पाउनेछन् । सुदूरपश्चिमाञ्चल गोल्डकपमा शनिबारको खेल दिल्ली युनाइटेड, भारतविरुद्ध ब्वाइज युनियन क्लब
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]