9 years ago
January 6, 2017
दिपेन्द्र पोखरेल
काठमाडौं – राष्ट्रिय टोलीका स्ट्राइकरद्वय बिमल घर्तीमगर र अन्जन विष्ट स्पेन जाने भएका छन् । अन्जन सोमबार त्यसतर्फ जाने तयारीमा छन् भने बिमल केही दिन पछि मात्र जाने भएका छन् । दुवै स्पेनको मार्बेला युनाइटेड एफसीमा रहेर अभ्यास गर्ने र मिले सम्म ट्रायल दिनका लागि त्यसतर्फ जान लागेका हुन् ।

मार्बेला त्यहि क्लब हो जसमा अन्जन र राष्ट्रिय टोलीका रक्षक अनन्त तामाङले गत बर्ष केही साता अभ्यास गर्नुका साथै केही मैत्रीपूर्ण खेल खेलेका थिए । गत बर्ष फागुनमा मार्बेलाले नेदरल्यान्ड्स पुगेर मैत्रीपूर्ण खेल खेलेका थिए । त्यति बेला बिमललाई पनि अभ्यासका लागि बोलाइएपछि उनी चोटका कारण गएनन् । यसपटक अनन्त त्यसतर्फ जाने छैनन् । एएफसी सोलिडारिटी कपका दौरान अनन्तको घुँडामा चोट लागेको थियो । गत महिला घुँडाको शल्यक्रिया गराएका उनी अहिले आराम गरिएका छन् ।
यसपटक अन्जन र बिमलमात्र त्यसतर्फ जाँदैछन् । विगतमा जस्तै अहिले पनि लुइस डी ब्रायजले उनीहरुको अभ्यासको व्यवस्था मिलाएका हुन् । व्यक्तिगत कारणले बिमलले अर्को सातामात्रै जाने हाम्रो खेलकुद डटकमलाई जानकारी दिए । स्पेन यात्रालाई लिएर अन्जन उत्साहित छन् । ‘हामीले पहिला पनि त्यहाँ गएर अभ्यास गरिसकेका छौं’ उनले भने,‘अहिले फेरी मौका मिलेको छ । त्यहाँको वातावरण र अभ्यास हाम्रो भन्दा धेरै स्तरीय छ । त्यहाँ अभ्यास गर्ने मौका मिल्नु व्यक्तिगत रुपमा मलाई फाइदा हुन्छ नै सँगै समग्रमा हाम्रो राष्ट्रिय टोलीलाई नै फाइदा पुग्नेछ । यो हाम्रो लागि सिक्ने अवसर हो ।’
कुनै क्लबमा ट्राइयल जाने भन्ने त्यहि पुगेपछि मात्र थाहा हुने अन्जनले सुनाए । ‘हाम्रो प्रदर्शनलाई त्यहाँका क्लबहरुले पछ्याइरहेको भन्ने बताइएको छ’ उनले भने, ‘तर, अहिले कुन क्लबमा ट्रायल दिने भन्ने प्रष्ट छैन । उतै पुगेपछि मात्र थाहा हुनेछ ।’ दुई वर्षअघि बेल्जियमको माथिल्लो डिभिजनको क्लब एफसी ट्वान्टेको एकेडेमीमा विमललाई ट्रायलको अवसर पनि लुइसले नै मिलाएका थिए । लुइस बेल्जियन एजेन्ट हुन् । गत वैशाखमा उपचारका लागि बेल्जियम पुगेका बिमल बिहिनी मनीषाको मृत्युपछि स्वदेश फर्केका थिए । त्यसपछि लामो समय मैदान बाहिर रहेका बिमल केही महिनाअघि मात्र सक्रिय फुटबलमा फर्केका थिए ।
मार्बेला युनाइटेड युएस सकर एकेडेमीको शाखाको रुपमा स्पेनको मालागामा स्थापित क्लब हो । सुरुमा युएस सकरकै नाममा स्थापना गरिए पनि २०१४ मा मार्बेला युनाइटेड एफसी नाम राखिएको क्लबको बेभसाइटमा उल्लेख छ । नेपालले पछिल्लो डेढ बर्षमा फुटबलमा चारवटा उपाधि जितेको थियो ।
अन्जन र बिमल नेपालले प्राप्त गरेका सबै सफलता दिलाउने टोलीका सदस्य हुन् । गत भदौमा काठमाडौंमा साफ यु–१९ उपाधि उचालेको नेपालले माघमा बंगलादेशमा बंगबन्धु गोल्डकप जितेको थियो भने यु–२३ टोलीले फागुनमा भारतमा १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलमा स्वर्ण पदक जितेको थियो । सबैभन्दा ठूलो सफलताका रुपमा अन्जन र बिमलसहितको टोलीले झन्डै दुइृ महिनाअघि मलेसियामा सोलिडारिटी कप जितेको थियो ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]