10 years ago
September 20, 2015
एएफसि यु १६ च्यम्पिओन्शिपको अन्तिम छनोट चरणको खेलमा नेपाल ओमान बिरुद्ध ३-१ ले हारेको छ |
खेलको पहिलो हाल्फ नेपाललाई दबाबमा राख्न सफल ओमानले ११ औ मिनेटमा अग्रता लियो | नेपालको खुकुलो रक्षापंक्तिको फाइदा उठाउदै तामिर अल जावीले नेपालका गोलरक्षकलाई कुनै मौका नदिई गोल गरे |
ड्र काफी रहेको नेपालले पहिलो हाल्फमा केहि मुभ बनायो, १३औ मिनेटमा बाराबारी गर्ने लक्ष्य लिएर गरेको रेजिनको प्रहार ओमानका गोलरक्षकले राम्रो बचाए |
आफ्नो अग्रतालाई अझ बलियो बनाउनलाई मोहम्मद खलिफा अल खामिसीले पेनाल्टिमा गोल थपे |
२ गोलले पछी परेको नेपाल खेलमा केहि सुधार ल्याउन त सफल भयो तर कुनै मुभ भने बनाउन सकेन | ६३औ मिनेट मा ३-० को अग्रता बनाउने दाउ खोज्दै ओमानका खलिफा अल खामिसिीले नेपालका गोलरक्षक काटे तर उनको प्रहार बहिर गयो |
खेलको ९०औ मिनेटमा प्रेजेन तामाङले पेनाल्टीमा नेपालकालागि गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रायश गरे तर गोल गर्न नपाउदै मोहम्मद ओवाइद अल खायदीले ओमानकोलागि गोल थप्दै जित सुनिस्चित पारे |
हार सगै नेपालको छनोट हुने सम्भावना कम भएको छ | जोर्डनले किर्गिस्तानलाई जिते नेपाल समुहमा तेस्रो हुनेछ, यदी नतिजा जोर्डन बिरुद्ध गए पनि नेपाल दोस्रो हुन्छ र अन्य ग्रुपको नतिजा पर्खनु पर्नेछ |
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]