default_image

9 years ago

January 10, 2017

‘२०१६ मेरो करियरकै उत्कृष्ट’ : रोनाल्डो

146 views

0 Bookmark

ज्युरीच (एजेन्सी) – सन् २०१६को फिफाद्वारा घोषित ‘द बेष्ट’ पुरुष फुटबलर उपाधि विजेता क्रिस्टियानो रोनाल्डोले २०१६साल उनको करियरकै उत्कृष्ट सिजन रहेको बताएका छन्।

ronaldo

‘मेरो लागि यो पहिलो उपाधि हैन, तर मलाई पहिलोपटक यति खुसि महसुस भैरहेको छ। मा यसको लागि मेरो टिम, खेलाडी साथीहरु, मेरो परिवार, क्लबका स्टाफ लगायत सम्पूर्णलाई धेरै धन्यवाद दिन चाहन्छु।”, उपाधि जितेपछि रोनाल्डोले भने।

“२०१६ मेरो करियरकै उत्कृष्ट साल रह्यो। वर्षको सुरुवातमा मा आफैं अलमल्लमा थिएँ तर अहिले मैले जितेको उपाधिहरुले वर्णन गर्छन् कि मेरो लागि यो वर्ष कतिको फलदायी भयो।”, उनले थपे।

रोनाल्डोले जारि सिजन रियल म्याड्रिडबाट खेल्दै यूइएफा च्याम्पियन्स लिग र युइएफा सुपर कपका साथसाथै पोर्चुगलका लागि युरो २०१६को उपाधि जित्न महत्वपूर्ण भूमिका खेलेका थिए।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.