9 years ago
January 24, 2017
पोखरा (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबका कप्तान अनिल गुरुङ र मिडफिल्डर सुजल श्रेष्ठले आइतबारको घटनाले समर्थकहरुलाई दुःखी बनाएकोमा माफी मागेका छन् । आहा गोल्ड कपमा आइतबार सेमिफाइनल पुगेको रात अनिल र सुजललाई होहल्ला र विवाद गरेको भन्दै बैदाम वडा प्रहरीले राती २ बजे पोखरा लेकसाइडबाट पक्राउ गरेको थियो । उनीहरुलाई सोमबार बिहानमात्र छाडिएको थियो ।

अनिल र सुजल दुवैले घटना प्रति दुःख व्यक्त गर्दै आफुले घटनाबाट पाठ सिकेको बताएका छन् । ‘सबै चिज हामीले योजना गरे अनुसार नै अघि बढ्छ भन्ने हुन्न रहेछ’ अनिलले भने, ‘त्यो दिन विशाल (राई) भाईको बर्थ डे थियो, हामी सेमिफाइनल पनि पुगेका थियौ । क्लबका साथीहरु भएर सेलिब्रेसन गरेर होटल फर्केने बेला बाटोमा प्रहरीसँग सामान्य विवाद भयो । त्यसमा हाम्रो पनि केही कमजोरी रह्यो । यो सब घटनाका लागि हामी फुटबल प्रेमीसँग माफी चाहन्छौं ।’
सुजलले पनि घटनाबाट पाठ सिकेको र यस्ता घटना नदोहोरिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने ‘चाहेर यस्ता घटना हुने होइन । त्यो हाम्रो लागि दुर्घटना थियो । सामान्य विवादबाट परिस्थितिले अर्को मोड लियो र केही नराम्रो भयो । हामीलाई त्यसमा दुःख लागेको छ ।’
राष्ट्रिय टोलीका कप्तान समेत रहेका अनिल र टोलीका सदस्य सुजलले समर्थकलाई निराश नहुन र पोखराबाट आहा रारा गोल्डकप जितेर फर्कने विश्वास दिलाएका छन् । ‘अब जे भयो त्यसबाट निराश भएर बस्ने कुरा आउँदैन । हाम्रा कारण दर्शकलाई दुःख लागेको छ’ अनिलले भने, ‘हामी आहा रारा गोल्डकप फुटबलको उपाधि जितेर समर्थकलाई खुसी बनाउँछौं । उपाधि समर्थकमा समर्पित गर्नेछौं । हामी त्यसमा दृढ भएर अझै मेहनत गर्नेछौं ।’

मंगलबार अभ्यासमा निस्कने क्रममा रहेका सुजलले पनि अनिलले जस्तै प्रतिबद्धता व्यक्त गर्दै भने ‘हामी यहाँ आहा जित्न आएका हौं । त्यसमा हामी पुरै केन्द्रित छौं । क्लबलाई मात्र होइन भविष्यमा नेपाली राष्ट्रिय टोलीलाई पनि सफलता दिलाउने जिम्मेवारी हामीमा छ भन्नेमा हामी दृढ छौं । यसलाई एउटा गल्ति मानेर सबैले बिर्सनु हुन्छ भन्ने विश्वास छ ।’
दुई महिनाअघि मकाउविरुद्धको फाइनलमा सुजलकै गोलमा नेपाल एएफसी सोलिडारिटी कप जितेको थियो । एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिता नेपालले जितेको त्यो पहिलो उपाधि हो । सोलिडारिटी कप च्याम्पियन बनेपछि र ग्वामले नाम फिर्ता लिएपछि नेपालले एएफसी एसियन कप खेल्ने मौका समेत पाएको थियो ।
सोमबार भएको समूह विभाजनमा नेपाल समूह ‘एफ’ फिलिपिन्स, ताजकिस्तान र यमनसँग परेको छ । अनिल र सुजल दुवैले एसियन कपमा अझै उच्च प्रदर्शन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]