10 years ago
September 22, 2015
पोखरा, ५ असोज
दशै र तिहार बीचमा पोखरा रंगशालामा कलाकार र पोखरा फुटबल संघ विच एचआईभी एड्सबाट संक्रमितहरुको सहयोगार्थ मैत्रिपुर्ण फुटबल प्रतियोगिता हुने भएको छ । बक्स अफिसले पोखरा रंगशालामा २१ कात्तिक देखि मैत्रीपूर्ण फुटबलका लागि फिल्म कलाकारहरुलाई फुटबल मैदानमा उतार्न लागेको हो । त्यसको स्थानीय संयोजन कास्की जिल्ला फुटबल संघको सहयोगमा फेवा व्यवसायी समूहले गरेको छ।
एचआईभी एड्स संक्रमितहरुको सहयोगार्थ हुने मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पुराना देखि नया फिल्म कलाकारहरु मैदानमा उत्रिनेछन् । जसमा शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल, धिरेन शाक्य, निखिल उप्रेती, सुमन सिंहलगायतको उपस्थिति रहनेछ । कास्की जिल्ला फुटबल संघ र कलाकारहरुबीच हुने सो प्रतियोगिता अवलोकनका लागि ५ सय रुपैयाको टिकट मुल्य निर्धारण गरिएको जनाईएको छ । पत्रकार सम्मेलनमा उपस्थित अभिनेता धिरेन शाक्यले प्रतियोगिता सफल पार्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
बक्स अफिसका अध्यक्ष आर.के. सुवेदीले आफूहरुले स्वदेश एवं विदेशमा पनि कलाकारहरु उतार्दै आएको बताउदै पोखरामा हुने मैत्रीपूर्ण फुटबलले यहाको खेलकुद पर्यटनमा सघाउ पुग्ने बताए । खेलकुद पत्रकार मञ्च कास्कीका निवर्तमान अध्यक्ष विनोद लामिछानेले प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]