9 years ago
January 26, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर जगजित श्रेष्ठ एक बर्षमा दोस्रो अस्ट्रेलियन क्लबमा आबद्ध भएका छन् । उनले यसै साता अस्ट्रेलियन नेसनल प्रिमियर लिग (एनपिएल) क्लब भिक्टोरियाको सनसाइन जर्ज क्रस एफसीसँग सम्झौता गरेका छन् ।

झन्डै ९ महिनाका लागि सम्झौता गरेपछि उनले पारिश्रमिक भने खुलाउन चाहेनन् । ‘पारिश्रमिक गोप्य राख्ने सहमति छ ’जगजितले हाम्रो खेलकुदसँग भने, ‘तर यसअघिको अर्को क्लबमा भन्दा राम्रो छ । ’
यसै बर्षको सुरुआत तिर अस्ट्रेलिया पुगेका जगजितले साउनमा भिक्टोरिया स्टेटको बी डिभिजन टोली ह्युम युनाइटेड एफसीबाट तीन महिना खेलेका थिए । त्यति बेला उनले १ हजार ५ सय अमेरिकी डलर मासिक पारिश्रमिक लिन्थे । गैर अस्ट्रेलियन २ खेलाडी राख्न पाउने प्रावधान अनुसार जर्जले उनलाई क्लबमा समेटेको हो ।
फेब्रुअरी ४ बाट सुरु हुने लिगका लागि जगजित उत्साहित छन् । ‘अहिले हामी प्रशिक्षणमा छौं । प्रशिक्षण राम्रो भइरहेको छ’ मनाङ, रुस्लान थ्री स्टार, फ्रेन्ड्स क्लब र हिमालयन शेर्पाबाट खेलिसकेका जगजितले भने, ‘पहिला भन्दा अझै राम्रो मौका पाएको छु । म टोलीलाई सफल बनाउन आफ्नो तर्फबाट सतप्रतिसत दिनेछु ।’ केही बर्षअघि हिमालयन शेर्पाको पहलमा उनी जर्मनी गएर केही साताको अभ्यास गरेर फर्केका थिए ।
नेपालले गत बर्ष दुई महत्वपूर्ण उपलब्धी हासिल गर्दा जगगित पनि टोलीका सदस्य थिए । फागुनमा भारतमा १२ औं दक्षिण एसियाली खेलकुदमा यू २३ ले स्वर्ण पदक जित्नुअघि राष्ट्रिय टोलीले माघमा बंगलादेशमा बंगबन्धु गोल्डकप जित्दा जगजित टोलीमा थिए । दुई महिना अघि नेपालले एएफसी सोलिडारिटी कप जित्दा भने उनी टोलीमा थिएनन् ।

December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]