10 years ago
September 23, 2015
काठमाडौं, ६ असोज–
राष्ट्रिय लिगले आधाभन्दा बढि खेलको कोशेढुङगा पुरा गरीसक्दा लिगको उपाधि होड थप रोमाञ्चक बन्दै गएको छ ।
१२ वैशाखको भुकम्पपछि स्थगित भएर पुन सुरु भएको राष्ट्रिय लिगमा झापाको प्रदर्शन खस्कीएसंगै उपाधि होड खुल्ला भएको हो । यद्धपि आफुलाई अब्बल मान्ने क्लबहरुको प्रदर्शन भने फेरीपनि सन्तोषजनक छैन् । यद्धपि आर्मी भने उपाधि दोबेदारीमा अन्य भन्दा निकै आक्रामक रुपमा अघि बढिरहेको छ । जसमा थ्रीस्टार, एपिएफ र मनाङले उसलाई टक्कर दिंदा झापा भने लय समात्नका लागि संघर्षरत रहेको छ । यद्धपि केहिबढि खेलबाट उसले आफ्नो शिर्ष स्थान भने कायमै राखेको छ ।
झापाले ११ खेलबाट १८ अंक जोड्ेर तालिकाको शिर्ष स्थानमा रहँदा आर्मी र थ्रीस्टार समान ९ खेलबाट क्रमश दोस्रो र तेस्रो स्थानमा १७ र १६ अंकका साथ रहेका छन् । यि दुई भन्दा एक खेल कम खेलेको मनाङ भने ८ खेलबाट १३ अंक जोड्दै छैटौं नम्बरमा रहेको छ । यसर्थ बिहिबारको खेलमा आफ्नो खच्चकिएको अंक तालिका सुधारनका लागि मनाङ पहिलो खेलमा सुदुरपश्चिम विरुद्ध एन्फा क्म्पलेक्समा भिड्दा । जारी लिगमा निकै तनावमा रहेको पुलिसले लुम्बिनिको सामना गर्ने छ ।
लिग रोमाञ्चक अवस्थामा पुग्नका लागि भुकम्पपछि खच्चकिएको झापाको खेल अन्य टिमलाई आफ्नो अंक सुधार्नका लागि लाभदायक बन्दै आएको छ । यद्धपि आर्मी बाहेक अन्य टिमको प्रदर्शन त्यस्तो उत्कृष्ट देखिएको छैन् । आर्मी भने आफ्नो उत्कृष्ट लयलाइ निरन्तता दिन सफल हुंदै आएको छ ।
थ्रिस्टारले तुलनात्मक रुप्मा अन्य क्लबका भन्दा राम्रा विदेशी खेलाडिलाई अनुबन्धन गरेपनि प्रभाकारी तथा लोभलाग्दो प्रदर्शन गर्न भने सकिरहेको छैन् । यस्तोमा मनाङले केहि आशा देखाएपनि एक लेबलको प्रदर्शन नुह्रंदा उपाधि होडमा उसको प्रदर्शन सार्थक हुन सकिरहेको छैन् ।
अन्य टिमले आफुलाई परिष्कृत गर्दै लगिरहेको अवस्थामा नेपाल पुलिसलाई भने जारी लिग निकै संघर्षपुर्ण रहंदै आएको छ । विभागिय टिमले पर्यात्त मात्रामा अभ्यासको मौका पाएपनि खेलाडिहरु पुर्ण रुपमा फिट नहुंदा प्रशिक्षक विराटकृष्ण श्रेष्ठलाई टाउको दुखाईको बनिरहेको छ । लिगमा आफ्नो बलियो छवि खंचकदै गएपछि पुलिस अन्य टिम जस्तै सामान्य टिमको रुपमा रहंदा उपाधि होडमा जारी सिजन कमजोर बनेको छ । पटक–पटक इन्जुरी समस्याका कारण आफुले मुल्य चुकाउनु परेको बताउंदै आएका प्रशिक्षक विराटकृष्ण श्रेष्ठ इन्जुरीका बाबजुत केहि राष्ट्रिय अनुहारलाई पछिल्लो पटक मैदान उतार्न बाध्य भए । जसमा केहि सकरात्मक नतिजा निकालेपनि टिमका लागि पुर्ण रुपमा पर्याप्त भने हुन सकिरहेको छैन् ।
विभागिय डर्विमा आर्मी पछि बलियो देखिएको एपिएफ आफुलाइृ शिर्ष स्थानमा पुर्याउनका लागि संघर्षरत रहंदै आएको छ । यद्धपि उसले पनि आफ्नो एकनासको प्रदर्शन गर्न भने सकिरहको छैन् । यसर्थ जारी राष्ट्रिय लिगको आधा भन्दा बढि खेलको समाप्ती हुंदा सम्म पनि लिगमा कुनै टिमले स्पष्ट मार्ग कोर्न नसक्दा उपाधि दाबेदार मानिएका सबै टिमको संभावना उतिकै रहंदै आएको छ । यद्धपि तुलनात्मक रुपमा बलियो देखिएको आर्मी भने आफ्नो फिटनेस र लयका कारण अन्य भन्दा बलियो छ । आर्मीका प्रशिक्षक मेघराज केसीको भनाई मान्ने हो भने उसले उपाधिका लागि सबै टिमलाई उतिकै प्रतिद्धवन्दी सम्झिएर प्रदर्शन गर्दै छ । जसको परिणमा उसले नतिजा सुखद निस्कीएको मान्छ ।
समग्रमा राष्ट्रिय लिगको मध्यभागसम्म आइपुग्दा केहि खेलाडिहरुले ब्यक्तिगत रुपमा आफुलाई अब्बल बनाएपनि समग्रमा नयां खेलाडिहरुको प्रतिभा भने खासै देखिन सकेको छैन् । यद्धपि उपाधि होड खुल्ला रहेसम्म लिगको चाम भने उतिकै रहनेमा दुइमत छैन् ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]