9 years ago
January 31, 2017
एजेन्सी – इङ्गलिश प्रिमिएर लिग अन्तर्गत मंगलबार राती हुने खेलमा शिर्षस्थानमा रहेको चेल्सी र विगत केहि खेलमा कमजोर प्रदर्शन गरिरहेको लिभरपुल आमने सामने हुँदैछन।

प्रिमिएर लिगको पछिल्लो तिन खेलमा जित हात पार्न असफल रहेको लिभरपुल गत सातामात्र लिग कप र एफए कप बाट बाहिरिएको थियो। लिभरपुलको कमजोर प्रदर्शनलाइ साडियो मानेको अनुपस्थितिसंग पनि जोडेर हेरिएको छ। अफ्रिकन कपमा सहभागी हुन गाबोन पुगेका माने लिभरपुल फर्किसकेका छन्। जारी सिजनमा ९ गोल गरेर लिभरपुलका उच्च गोलकर्ता रहेका मानेको आगमनले लिभरपुललाई फाइदा हुनेछ।
स्पर्ससंगको हार पछि लगातार दुइ खेल जितेको चेल्सी लिभरपुललाई हराएर शिर्षस्थानमा आफ्नो पकड झन् बलियो बनाउने धुनमा हुनेछ। चेल्सीका लागि सबै खेलाडी फिट छन् र प्रशिक्षक कोन्टेले आफ्नो पहिलो रोजाइको खेलाडी खेलाउने पक्का छ।
यी दुइ टोलीको पछिल्लो भेटमा लिभरपुल २-१ले विजयी भएको थियो। चेल्सीको घरेलु मैदानमा भएको खेलमा डेजान लभ्रण र जोर्डन हेन्डर्सनको पहिलो हाफको गोलले लिभरपुलले जितेको थियो। चेल्सीका लागि डिएगो कोष्टाले गोल गरेका थिए।
खेल नेपाली समयानुसार बुधबार बिहान १:४५ बजे सुरु हुनेछ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]