default_image

9 years ago

January 31, 2017

आर्मी झापा गोल्ड कप फुटबलको सेमिफाइनलमा

165 views

0 Bookmark

दिपक बोहोरा
झापा – विभागिय टोली त्रिभुवन आर्मी क्लब झापामा जारी दोस्रो रमपक गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइन्लमा पुगेको छ । झापाको डोमालाल रंगशालामा मंगलबार रुपन्देही ११ लाई २–० ले हराउँदै आर्मीले अन्तिम चारको यात्रा तय गरेको हो ।

army-on-jhapa-goaldcup

पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा राष्ट्रिय टोलीका स्ट्राइकरद्वय नवयुग श्रेष्ठ र भरत खवासले गोल गरेपछि आर्मीको जित निश्चित भएको थियो ।
६० औं मिनेटमा नवयुगले पहिलो गोल गरे । त्यस्तै भरतले ७१ औं मिनेटमा गोल गरेपछि टुबोर्ग हेटौडा गोल्डकप फुटबल प्रतियोगिताको विजेता आर्मी सेमिफाइनल पुगेको हो । हेटौंडामा उपाधि जितेपछि सुदूरपश्चिमाञ्चल र पोखराको आहा रारा गोल्डकपमा सेमिफाइनल भन्दा अघि बढ्न नसकेको आर्मी पूर्वाञ्चल पुगेको हो ।
पहिलो हाफमा निकै राम्रो खेल प्रर्दशन गरेको रुपन्देहिले दोश्रो हाफमा निरन्तरता दिन नसक्दा पराजित हुन पुग्यो । जित संगै सुरुङगा गोल्ड कपमा रुपन्देहि संग हारको बदला लिन आर्मी सफल भयो । त्रिभुबन आर्मीले माघ २२ गते एनआरटी र लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दीबीचको विजेतासँग सेमिफाइनल खेल्नेछ ।

झापा गोल्ड कप फुटबल प्रतियोगितामा बुधबारको खेल
रमपम झापा ११ विरुद्ध सुदूरपश्चिम फुटबल क्लब

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.