9 years ago
February 1, 2017
लिभरपुल (एजेन्सी)– घरेलु मैदानमा प्रिमियर लिगका ३ खेल लगातार हारेको लिभरपुलले गए राती शीर्षस्थानको चेल्सीलाई १–१ को बराबरीमा रोकेको छ । लिभरपुलले एनफिल्डमा सुरुको १५ मिनेट खेल नियन्त्रणमा राखेपनि डेभिड लुइसको गोलबाट चेल्सीले खेलमा अग्रता बनाएको थियो । २४ औं मिनेटमा लुइसले फ्रिकिकमा गोल गरेका थिए ।

दोस्रो हाफमा जिनी वाइनाल्डमको हेड गोलबाट लिभरपुल खेलमा फर्केको थियो । कप्तान हेन्डरसनको पासमा बायाँबाट डेभिड मिल्नरले मिलाएको बलमा विपक्षी खेलाडीलाई ठोक्किदै वाइनाल्डमको अगाडी पुग्यो, जसलाई उनले खेल जान दिएनन् ।
खेलको अन्त्यतिर चेल्सीले गोलअन्तर बढाउने मौका पाएको थियो । तर डिएगो कोस्टा पेनाल्टीमा गोल गर्न चुकेपछि चेल्सीले बराबरीमा चित्त बुझाउनु परेको थियो । खेलको ७६ औं मिनेटमा म्याटिपले कोस्टालाई पेनाल्टी बक्समा लडाउदा रेफ्री मार्क क्लाटेनबर्गले चेल्सीलाई पेनाल्टी दिएका थिए ।
कोस्टाको प्रहार लिभरपुलका गोल किपर मिग्नोलेले रोक्दै घरेलु समर्थकसामु टोलीलाई लगातार चौथो हारबाट जोगाए । कोस्टाको बाँया तिर गरेको प्रहारलाई मिग्नोलेले सही अनुमान लगाउदै रोकेका थिए ।
प्रिमियर लिगका अन्य खेलमा वाटफोर्ड, क्रिस्टल प्यालेस, बर्नली, स्वान्सी सिटी विजयी भएका छन् । टोटेनह्याम र सन्डरल्यान्डले गोलरहित तथा मिडल्सब्रो र वेस्ट ब्रुमविचले १–१ को बराबरी खेलेका छन् । बराबरीपछि टोटेनह्याम दोस्रो स्थानमा उक्लेको छ भने समान ४७ अंक भएको आर्सनल तेस्रो स्थानमा झरेको छ ।
आर्सनले वाटफोर्डलाई २–१ को नतिजा सुम्पिेको थियो । पहिलो हाफको १३ मिनेट भित्र लिएको अग्रतालाई जोगाउँदै वाटफोर्डले आर्सनलमाथि जित निकालेको थियो । योनेस काबाउलले १० औं र ट्रोए डिनेले १३ औं मिनेटमा वाटफोर्डका लागि गोल गरे । आर्सनलका लागि ५८ औं मिनेटमा एलेक्स इओबीले गोल गरेपनि टोलीको हार टरेन ।
क्रिस्टल प्यालेसले बोर्नमाउथलाई २–१ ले, स्वान्सीले साउथह्याम्टनलाई २–१ ले बर्नलीले साविक विजेता लेस्टरलाई १ –० ले हराएको छ । बराबरीपछि शीर्षस्थानको चेल्सीको ५६ अंक छ भने चौथो स्थानमा रहेको लिभरपुलको ४६ अंक छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]