default_image

9 years ago

February 3, 2017

बगरभाई खलक रुस्लान जावलाखेल भेन्ट्रान्स फुटबलको सेमिफाइनलमा

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– बगरभाई खलक पोखरा, सानो गौचरन नाइट किङग क्लब, हिमालयन शेर्पा क्लब र अभिषेक चर्च नवलपरासी  रुस्लान जावलाखेल भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । सेमिफाइनल र फाइनल शनिबार हुनेछ ।

म्यान अफ दी म्याच ट्रफी प्रदान गर्दै तरुण दलका अध्यक्ष जितजंग बस्नेत (दायाँ) ।

म्यान अफ दी म्याच ट्रफी प्रदान गर्दै नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत (दायाँ) ।

जावलाखेलको मैदानमा शुक्रबार भएको क्वार्टरफाइनलमा बगरभाई खलकले आयोजक जावलाखेललाई टाइब्रकेरमा हराएको थियो । गोलरहित बराबरीपछि को टाइब्रेकरमा बगरभाई खलक विजयी भएको थियो । त्यो खेलमा बगरभाई खलकका रविन शाही म्यान अफ दी म्याच घोषित भएका थिए ।
सानो गौचरनले आर्मीलाई १–० ले हराएर अन्तिम आठको यात्रा तय गरेको थियो । शशी रिमालको गोलमा सानो गौचरन विजयी भएको थियो । शशी नै खेलको म्यान अफ दी म्याच घोषित भए । हिमालयन शेर्पाले कैलालीलाई टाइब्रेकरमा ५–४ ले पराजित गरेको थियो । २–२ को बराबरीपछि टाइब्रेकरमा हिमायन शेर्पाले बाजी मारेको थियो । निर्धारित समयमा कैलालीका लागि सिद्धि व्यञ्जनकार र सुरज लामाले गोल गरे । त्यस्तै हिमालयन शेर्पाका लागि आनन्द गुरुङ र म्यान अफ दी म्याच सविन शाक्यले गोल गरे ।

चक्र पुनको दुई गोलमा अभिषेक चर्चले सामाखुसी फुटबललाई २–१ ले हरायो । सामाखुसीका लागि निमा लामाले गोल गरे । चक्र खेलको म्यान अफ दी म्याच चुनिाए । त्यसअघि समूह चरणको खेलमा अभिषेक चर्चले फ्रेन्ड्स क्लबलाई ३–० ले हराउँदा रविन्द्रकुमार श्रेष्ठले २ र अर्को गोल म्यान अफ दी म्याच यामबहादुर गुरुङले गोल गरे ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.